एक ट्याक्टर अवैध काठसहित चालक पक्राउ
Advertise Here Book Now


सिरहा, १३ पौष (साक्षी)– सशस्त्र प्रहरीले सिरहाको बस्तीपुरबाट एक ट्याक्टर अवैध काठसहित एक जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा ट्याक्टर चालक लहान नगरपालिका १४ बस्तीपुरका
मनोजकुमार सदाय रहेका छन् । सदायले स. १ त. १८५४ नम्बरको ट्याक्टरमा लोड गरी ढोढनाबाट पडरिया चिरान मिल लग्दै गरेको अवैध सिसम, सिमल र सालका अवैध गोलिया काठ सशस्त्र प्रहरी वेश क्याम्प लहानको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका सदाय र ट्याक्टरसहितको काठ जिल्ला वन कार्यालय लहानमा आवश्यक कारबाहीका लागि बुझाइएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्