प्रहरीको सर्च अपरेशन तिव्र थप दुई फरार नियन्त्रणमा
Advertise Here Book Now
रंजन भण्डारी जलेश्वर, पौष १६ गते ।

केहि दिन देखिको प्रहरीको सर्च अभियानले विभिन्न अपराधमा संलग्न रहि वर्षौ देखि फरार रहदै आएकाहरु धमाधम पक्राउ पर्न थालेका छन । २०६३ ।८ १३ मा श्रीमतिलाई विषादी खुवाई मारेको अभियोगमा फरार रहेका महोत्तरी खुटटापिप्राढी वडा नं. २ मा गाविस हरीनमरी वडा नं. १ का अन्दाजी वर्ष ३५ का बलिराम यादव पक्राउ परेका छन । बुधवार पक्राउ परेका यादवलाई अनुसन्धानका लागी प्रहरीले अदालतवाट म्याद थप गराएका छन ।
त्यसतै २०५५ भदौ २६ गते गाविस बनौटाको सडकमा सोही ठाउ बस्ने वर्ष ३७ का चन्दे सदालाई घाईते पारी ज्यान मार्ने प्रयास गरेको अभियोगमा फरार रहेका सोही ठाउका वर्ष ५९को शोभा सहनीलाई पक्राउ गरि थप अनुसन्धानका लागी राखिएको छ ।
यो दुई प्रतिनिधि मात्र हुन हालका केहि दिनमा प्रहरीले यी र यो भन्दा पुरानो पुरानो थनकिरहेका फाईलहरुलाई खोली अपराधीहरु समाती रहेका छन । अपराध रहित जिल्ला बनाउने उदेश्य लिई महोत्तरीमा केहि महिना देखि कार्यभाल सम्भालेका प्रहरी उपरिक्षक शौरभ राणा र नायव प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठको आपसी समन्वयले विभिन्न प्रकृतीका अपराध गरि विभिन्न राजनितिक र हैकमवादीहरुको संरक्षण पाएर वसेका अपराधीहरु जेलको हावा खादा जिल्लामा शान्ति शुरक्षा कायम हुने विश्वास स्थानिय नागरिक समाजले गर्न थालेका छन ।
करोडौ मुल्य बरावरको गाँजा खेती नष्ट, अवैध मदिरा बनाउने कच्चा पदार्थ र मदिरा नष्ट, भन्सार छली ल्याएका माल पक्राउ , वर्षौ देखि फरार रहेकाहरु पक्राउ जस्ता प्रहरीको कार्यवाहि प्रसंसा योग्य छन ।