कांग्रेस एमाले युवाबीच झड्प, पाराडाइज होटलमा तोडफोड
Advertise Here Book Now
लहान, १७ पौष । लहान १ सहिद चौकमा आज सांझ कांग्रेस र एमाले युवाबीच आपसी झड्प हुंदा केही व्यक्ति घाईते भएका छन् । यता, झड्पका क्रममा दूई जना पक्राउ परेको ईलाका प्रहरी कार्यालय लहानले जनाइएको छ । प्रत्यक्षदर्शीका अनुसार आज दिउंसो कांग्रेसका युवालाई एमालेका युवाहरुले कुटपिट गरिएको थियो । पछि सांझ ७ बजेतीर कांग्रेसतीरका युवाहरुको हुलले एमाले पार्टी कार्यालय अगाडि भेला भएका एमाले कार्यकर्ता तथा युवामाथी कांग्रेसका युवाहरुले कुटपिट गर्दै लखेटेका थिए । भाग्दै गएका एमालेका युवा छेउमै रहेको पाराडाइज होटलमा छिरेका थिए । कांग्रेसका युवाहरुले होटलभित्र छिर्दा पछाडिबाट लाठी प्रहार गर्दा होटलको ढोका शिशा र टेबुल तोडफोड भएको छ । आन्तरिक असम्झदारीको कारण भएको सो झडपको क्रममा प्रहरीले आधा दर्जन युवालाई पक्राउ गरी रिहा गरिएको छ भने दूई जना नियन्त्रणमै रहेको छ । प्रहरी नियन्त्रणमा रहेका लहान १ निवासी पपु यादव र इटहर्वा ४ निवासी रुपेश यादव रहेका छन् । दूई पार्टीका युवाहरुबीच भइरहेको विवादलाई साम्य पार्न खटिएको प्रहरीले सर्वसाधरणलाई समेत चोटपटक लागेको छ । यता, होटल संचालक अरुण यादवले होटलमा भएको तोडफोडको क्षतिपूर्ती भराईदिन माग गर्दै आएको छ । कांग्रेसतर्फका युवाहरुबाट सो होटलमा क्षति पुगेको प्रत्यक्षदर्शी बताउंछन् । उता, एमालेका युवा होटलभित्र छिरेपछि प्रहरीले खोजतलासको क्रममा त्यस क्षेत्रको अन्य पसलहरु तत्काल बन्द गराइएको थियो ।