आमहड्तालबाट सरकार डराउँदैन : प्रधानमन्त्री
Advertise Here Book Now
विराटनगर, पुस १६ : प्रधानमन्त्री सुशिल कोइरालाले एकीकृत नेकपा माओवादी लगायतका ३० दलले गर्ने भनेको आमहड्तालबाट सरकार नडराउने बताउनु भएको छ । ३९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसले आज पार्टी कार्यालयमा गरेको कार्यक्रममा प्रधानमन्त्री कोइरालाले एकीकृत माओवादी लगायतका दलले गर्ने आन्दोलनको सामना गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले माघ ८ गतेभित्र संविधान जारी गर्ने प्रतिबद्धता पूरा गर्नका लागि वार्ता र छलफललाई तिब्रता दिनुपर्ने बेलामा आन्दोलनका कार्यक्रम घोषणा गरिनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले जनता शान्तिको पक्षमा रहेको भन्दै एकीकृत माओवादी लगायतका दलले गर्ने आन्दोलनलाई जनताले साथ नदिने दाबी गर्नुभयो । प्रधानमन्त्री कोइरालाले वीपीले देखाएको बाटो विर्सिएको दिन कांग्रेस समाप्त हुनेमा आफू सचेत रहेको भन्दै वीपीको समाजवादको नीति लागू गर्न पूर्ण प्रजातन्त्र बहाली हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाट संविधान जारी गर्ने कुरा वीपीको सपना भएको भन्दै वीपीको सपनालाई कुनै पनि हालतमा साकार पार्ने बताउनुभयो ।
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्