दुईतिहाइ बहुमत जुटिसक्यो , रक्तपातको धम्की नदेऊ: ओली
Advertise Here Book Now

झापा , पुस १६ -एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वनिर्धारित ८ माघमा संविधान जारी गर्न दुईतिहाइ बहुमत जुटिसकेको बताएका छन् । उनले कसैले धम्की दिएका भरमा संविधान निर्माण प्रक्रिया नबिथोलिने जिकिर गरे ।
kp oliमंगलबार एमाले झापाको जिल्ला प्रतिनिधि परिषद्को बैठक उद्घाटन गरेका ओलीले अधिकांश समय एमाओवादीको आलोचनामा खर्चिए । आफूहरूको सहमतिविना संविधान जारी भए मुलुकमा रक्तपात हुने एमाओवादी नेताका अभिव्यक्तिप्रति टिप्पणी गर्दै एमाले नेता ओलीले भने, ‘यो धम्कीलाई टेर्नु र पत्याउनुपर्ने कुनै कारण छैन, सक्छौ भने ब्लड डोनेसन गर, रक्तपातको धम्की नदेऊ ।’ ओलीले मुलुकलाई राजनीतिक निकास दिएर विकासको बाटो समात्न एमाओवादीको अर्घेल्याइँ बाधक भएको टिप्पणी गरे ।
ओलीले दुईतिहाइ बहुमतबाटै भए पनि संविधान ल्याइछाड्ने जिकिर गरे । ‘संविधान जारी गर्न चाहिने दुईतिहाइ सभासद् नपुग्लान् भन्ने चिन्ता अब रहेन,’ अध्यक्ष ओलीले भने, ‘कुनै प्रलयले ८ माघमा संविधान जारी गर्न रोकिँदैन ।’
एमाओवादीलाई सहमतिमा ल्याउन पटक–पटक भएका प्रयासबाट असफलता मात्रै हात लागेको भन्दै ओलीले विधि र प्रक्रियामा जानुको विकल्प नभएको दोहोर्‍याए ।
‘हामी चाहन्छौँ, माओवादी र मधेसी पनि सहमतिमा आऊन्,’ उनले भने, ‘आन्दोलनका लागि मोर्चाबन्दी गरेर संविधान जारी हुन नदिने प्रयास भइरहेको जनताले थाहा पाइसकेका छन् ।’
झन्डै ४५ मिनेट लामो सम्बोधनका क्रममा पटक–पटक माओवादीको हठ र असहयोगका बाबजुद संविधान जारी गर्ने तयारी भएको ओलीले बताए । उनले एमाओवादीको स्वेच्छाचारितामा मुलुक बन्धक बन्न नसक्ने जिकिर गरे, नयाँ पत्रिका दैनिकमा खबर छ  ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्