सिरहामा जाडोको कपडा बिक्री वितरणमा वृद्धि , वजारमा अनुगमन छैन ग्राहक ठकिदै ,
Advertise Here Book Now



श्रीकान्त झा । सिरहा , पौष १६

सिरहाको प्रमुख व्यापारीक नाका लहान र मिर्चैयामा रेडिमेड कपडा पसलहरुमा जाडोको कपडा किन्नेहरुको भिड देखिएको छ । लहानमा स्थित सडक छेडमा रहेका कपडा पसलहरुमा घर भाडा लिएर पसल खोलेका अर्थात सोपिङ्ग सेन्ट भन्दा जाडोमा लगाईने ज्याकेट, सुइटर, टोपि, ट्राउजर जस्ता कपडाहरु राम्रो बिक्री वितरण भईरहेको सडक छेउमा अस्थाई लहानका एक कपडा पसले वताए । उहांले भने हामीले दिनहु ५ हजार देखि १० हजार सम्मको कपडा दैनिकि विक्री भईरहेको छ । अन्य अन्य स्थानवाट कपडा किन्न लहान आएका ग्राहकहरुले सस्तो सुलभ दरमा पाउने भएकाले हामी काहांवाट किन्ने गरेको छ । यता लहानमा रहेका सपिङ्ग सेन्टरमा मोलजोल नगरिकन पसलेले लगाएको महङ्गगो दरमा किन्नु र्पदा हामीलाई सडक छेउमा अस्थाई रुपले वेचिरहेका कपडा पसलमै किन्ने गरेको लहान निवासी रसमी चौधरीले वताए ।  पैसा भएका ठुला वाडाव्यक्तहरु ठुला ठुला पसलमा जाने गरेका छन् भने तिनिहरु मेल जोल नगरी दैनिकि किन्ने र्गछन् । ग्रहकलाई महङ्गो दरमा वढि पैसा लिएर जाडो कपडा वेचिरहे पनि सम्वन्धित निकाय अनुगमन नगरी कन मौन भएर वसेका छन् । लहानमै मात्रै होईन सिरहाको मिर्चैया , गोलवजार , र्चौर्हावा , सिरहा लगायतका स्थानहरुमा तराईमा विगत दुई दिनदेखि बढेको जाडोको कारण्ँ न्यानो कपडाको बिक्री बढेको हो । कसरी र कति मोलमा वेचविखिन गरीरहेको भन्ने प्रति सम्वन्धित निकाय मौन भएको कारणले पसलेहरुलाई मस्ती रहेको छ । सिरहाको लहान गोलवजार र मिर्चैयामा अन्य पसलको तुलनामा रेडिमेड कपडाका पसलहरु बढी छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्