एक क्विनटल १० किलो गाजा बरामद
Advertise Here Book Now

एक भरिया पक्राउ, केही फरार, खोजी कार्य जारी
सिरहा, १३ पौष । लहान नपा ४ स्थितvबलान नदीबाट प्रहरीले शनिवार राति ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भरियालाई प्रहरीले पक्राउ गरेको छ । अन्य केहि भरिया भने फरार भएका छन् । ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार पक्राउ पर्नेमा नहरा रिगौल गाविसका २५ बर्षीय पवनकुमार भगत रहेका छन् । स्रोतका अनुसार भगत भरिया हुन् । उनीसँग ६ वटा बोरामा प्याक गरिएको करिब १ क्विनटल १० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । विशेष सुराकीको आधारमा बलान नदीबाट गाँजा सहित एक यूवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक निरौलाले जानकारी दिए । उनले भने, ‘हुस्सुका कारण केहि गाँजा बोकेकाहरु भाग्यो । भगतलाई पछ्याउँदै उनको घर पुगी पक्राउ गर्न सफल भएका छौं । फरार भएकाहरुको पनि खोजी जारी छ ।’ उदयपुरबाट बलान नदी हुँदै गाँजा भारत तस्करी हुने गरेको स्रोतको दावी छ । बलान नदीबाट पटक पटक गाँजासहित भरिया पक्राउ पर्ने गरेका छन् । तर तस्कर भने फरार हुन्छ । यसले पनि पुष्टि हुन्छ कि बलान नदी गाँजा तस्करीको मूल बाटो हो ।
स्रोत:साक्षी पोष्ट 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्