सिरहामा जाडोले मृत्यू
Advertise Here Book Now
सिरहा, १३ पुस । जिल्लाको इटहर्वा गाविसमा आईतवार चिसोका कारण कठाङ्ग्रिएर एक बृद्धको मृत्यू भएको छ । मृत्यू हुनेमा इटहर्वा गाविस २ का ६० बर्षीय लखन पासवान छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आईतवार विहान शौच गर्न निस्केका पासवान मृत अवस्थामा खेटमा भेटिएको छ । उनको जाडोमा
कठाग्रिएर मृत्यू भएको स्थानीयले पनि जनाएको छ । चिसो अत्यधिक बढेपछि सिरहा लगायत तराईका जनजिवन प्रभावित बनेको छ । बजारहरुमा चहलपहल घटेको छ । चिसोबाट बच्न मानिसहरु आगो तापेर घरमै विताउने गरेका छन् ।
कठाग्रिएर मृत्यू भएको स्थानीयले पनि जनाएको छ । चिसो अत्यधिक बढेपछि सिरहा लगायत तराईका जनजिवन प्रभावित बनेको छ । बजारहरुमा चहलपहल घटेको छ । चिसोबाट बच्न मानिसहरु आगो तापेर घरमै विताउने गरेका छन् ।