माघ ८ का लागि सेना परिचालन हुँदै
Advertise Here Book Now


nepal-army

काठमाडौं, १९ पुुस ।
संविधान जारी गर्ने मिति निजिकिदै गर्दा दलहरुबीचको विवादले उग्र रुप लिन थालेको छ । यो अवस्थाले गर्दा मुलुको सुरक्षा संवेदनशील रहेको भन्दै सरकारले केन्द्रीय सुरक्षा समितिको वैठकमार्फत सवै सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
पूर्वघोषित कार्यक्रम अनुसार दलहरुले तोकिएको समयमा नै संविधान जारी गर्ने अवस्था अन्त्य भइसकेकाले संविधिान तोकिएकै मितिमा चाहने समूह र आफ्नो अनुकूलको संविधान नभए जारी गर्न नहुने समूहबचि हुन सक्ने द्वन्द्वलाई मध्यनजर राख्दै सुरक्षा ब्यवस्था कडा बनाइएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
अहिले आन्तरिक तथा बाहृय दुवै विषयबाट मुलुको सुरक्षामा गम्भीरु खतरा रहेको भन्दै केन्द्रीय सुरक्षा समितिले उत्तर र दक्षिण्को सीमामा कडाइ गर्नुका साथै राजधानीको सुरक्षा ब्यवस्थालाई चुस्त राख्न समेत सवै सुरक्षा निकायलाई निर्देशन दिने निर्णय गरेको ती अधिकारीले जानकारी दिए । तराई र हिमाली तथा पहाडी सीमावर्ती क्षेत्रमा समेत सुरक्षा ब्यवस्था बजबुत बनाउनुपर्ने पछिल्लो सुरक्षा निकायको सुझावपछि समितिले उक्त निर्देशन दिएको हो ।
यसपटक सरकराले सीमाक्षेत्रमा सुरक्षाकर्मीलाई थप गर्नुका साथै सादा पोसाकमा समेत सरक्षाकर्मी परिचालन गर्ने निर्णय समेत गरेको छ । संविधानसभा भवनमा समेत अहिले भएको सुरक्षा तैनाथीको संख्यालाई दोब्बर बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिइएको ती अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहेको सो बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपाली सेनाका उपत्यका पृतनाका पृतनापति समेतको उपस्थिति रहेको थियो । नेपाल समाचारपत्रमा खबर छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्