नेपालको गौरव शौचालयको डिलमा : गु पूछने थाङना बन्यो नेपालको झण्डा
Advertise Here Book Now

  • तेज बन विश्वासी , सुनसरी १९ पूस ।
  •  हामी नेपाली झण्डालाई राष्ट्रको गौरव र सम्मान मान्दछौ , बिश्वमा यसको महत्व र बेग्लै पहिचान छ बेग्ला बेग्लै राष्ट्रले हाम्रो चन्द्र शुर्य आकिंत नेपाली झण्डाको महत्ववारे खुलेरै प्रसंसा गर्ने गरेका छन । तर केही ब्याक्तिको हेलचेक्राइका कारण उक्त झण्डाको दुरुपयोग हुने गरेको तथ्य वाहिरिएको छ ।
इटहरी उपमहानगरपालीकाका केही कर्मचारीहरुले नेपालको गौरव मानीने राष्ट्रिय झण्डाको अपमान गर्दै यसलाई फोहोरको थुप्रोमा मिलकाएको प्रमाण फेला परेको छ ।
उपमहानगर कार्यालय परिषदमा रहेको सार्वजनीक शौचालयकै छेउमा फालिएको नेपाली राष्ट्रिय झण्डा हाल गु पुछने थाङनाको रुपमा प्रयोग हुने गरेको छ ।
एक महिना अघी कार्यालय परिषदमा टागिएको नेपाली झण्डा उपमहानगरपालीकाका कर्मचारीहरुले पुरानो भएको भन्दै यसरी मिल्काएको स्थानीय श्रोतहरुबाट बुझिएको छ ।
नगरपालीकाबाट उपमहानगरमा परिणत भएको कार्यालयले आफनो कार्यालय मातहतमा रहेको फोहोरहरु व्यवस्थापन गर्ने क्रममा नेपालको झण्डासमेत फोहोरको थुप्रोमा फलेको अवस्थामा फेला परेको छ । विश्वमै फरक खालको दुई त्रिकोणात्मक महत्व राखेको नेपाली झण्डा शौचालयको ढोका छेउमा फालीएको पाइएपछि सेवालिन आउने सयौ सेवाग्राहीहरुको ध्यान त्यसै झण्डा तर्फ मोडिने गरेको पाइन्छ ।
नेपाली राष्ट्रिय झण्डाको विषयमा कानुनले यसको दुरुपयोग गर्ने संघसंस्था तथा ब्याक्ति होस या सरकारी कार्यालय उसलाई झण्डाको प्रयोग सम्बन्धि २०६९को कार्यविधी अनुसार तत्काल पक्राउ गरी सार्वजनीक मुद्धा अनुसारको कार्वाही हुने कानुनविदहरु ब्ताउछन ।
झण्डाको दुरुपयोग गर्ने निकाय तथा कर्मचारीहरु द्योषी देखिएको खण्डमा उनिहरुलाई तत्काल पक्राउ गरी सार्वजनीक अपराध ऐन अनुसारको कार्वाही हुने सुनसरीका कानुनविद बिष्णु प्रशाद भट्टराइ बताउछन ।
यता यस विषयमा इटहरी उपमहानगरपालीकाका कार्यकारी अधिकृत पशुपति खतिवडासंग सम्पर्क गर्दा उन्ले झण्डा फालीएको विषयमा जानकारी नभएको र राष्ट्रको गौरव नेपाली झण्डालाई अपमान गरी फोहोरको थुप्रोमा फल्ने कर्मचारी बिच बुझेर अनुशन्धान गरी तत्काल कार्वाही गरीने बताए ।
jhandaa
इटहरी उपमहानगरपालीकाको कार्यालय परिषदमा रहेको सार्वजनीक शौचालयको छेउमा फाकिएको अवस्थामा नेपालको राष्ट्रिय झण्डा तस्विर : सौजन्य बिकल रेग्मी इटहरी 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्