राम नारायण पंडित, सिरहा, १६ माघ ।

सिरहा प्रहरीले लागुऔषध मुद्धामा फरार रहेको अभियुक्तलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडाले दिएको जानकारी अनुसार लागुऔषध कोरेक्स र नाइट्रोसन मुद्धामा बारेन्ट सहित म्याद जारी भई फरार रहेको प्रतिबादीलाई गोप्य सुचनाको आधारमा गएको प्रहरीको गस्ति टोलीले बिहिबार बेलुकी पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सिरहा मिर्चैया ६ बस्ने सुर्यनाथ साह हलुबाईको २५ बर्षीय छोरा संतोष कुमार साह रहेको निरिक्षक खतिबडाले बताए । साह यस भन्दा अघि देखिनै लागुऔषध ओसारपोसार तथा बिक्रीबितरण गर्दै आएको प्रहरीको भनाई रहेको छ । शुक्रबार र शनिबार सार्बजनिक बिदा परेकोले आइतबार मात्र निजलाई अदालतमा पेश गरिने प्रहरीले बताए । पक्राउ परेको साहको सम्बन्धमा थप अनुसन्धान जारी रहेको निरिक्षक खतिबडाले जानकारी दिए ।