जलेश्वर जनकपुर सडक खण्ड निर्माण रातो किताबमा पहिलो प्राथमिक्तामा रहेको छ ः सिताराम भण्डारी
Advertise Here Book Now

तस्विर :सुजित कर्ण 
रंजन भण्डारी जलेश्वर, पौष १८ गते ।
मणिपालका संचालकले  महोत्तरीमा कलेज निर्माणको लागी पाएको जग्गा वर्ड वैंकमा राखि अरबौ रुपया उठाएर अन्तै कलेज बनाउदा महोत्तरीबासीहरु ठगिएका छन ।।
जिविसले गरेको योजना तर्जुमा कार्यान्वयन हुन सके आगामी ५ वर्षमा महोत्तरीको रुप फेरिने सहभागीहरुको भनाई ।
महोत्तरी जिल्लाले आगामी ५ वर्षमा आफ्नो गुम्न लागेको साख पुन ः फर्काउन कसरत सुरु गरेको छ । जिविसको सभाकक्षमा पांच दिने पंच वर्षिय योजना तर्जुमा कार्यक्रमको शुक्रवार समापन भएको छ । विगत पाच दिनको अवधिमा राजनितिक दल , युवा, सरकारी कार्यालयहरुको कार्यालय प्रमुखहरु र प्रतिनिधि , विभिन्न वर्ग समुदाय,संघ संस्थाहरुले मिलेर आगामी पाच वर्षमा महोत्तरी कस्तो हुने र यस्को विकास कसरी गर्ने भन्ने वारे योजना तर्जुमा गरेका छन । स्थानिय विकास अधिकारी रामुराज कडरिया को अध्यक्षतामा सम्पन्न सो पाच दिने कार्यक्रमको समापन कार्यक्रममा प्रमुख अतिथि सभासद सिताराम भण्डारीले जलेश्वर जनकपुर सडक लगायत महोत्तरीलाई अर्को जिल्लाहरुसंग जोडने सडकहरु सरकारको रातो किताबको पहिलो प्राथमिक्तामा राखिएको र चाडै त्यसको निर्माण कार्य सुरुहुने  प्रतिबद्धता जनाएका छन ।
एकै मञ्चमा उपस्थित सभासदहरु रामदयाल मण्डल, किरण यादव,डा. विजय कुमार सिंह,दिप नारायण साह रंजना माझीले भने माघ ८ मा संविधान आउने कि नआउने भन्ने विषयमा मत बझाएका थिए ।   महोत्तरीको विकासको लागी सबै मिलेर क्षेत्रिय अस्पतालको निर्माण, लगायतका विभिन्न विषयमा राजनितिक दलहरु र सभासदहरुको एक मत रहेको थियो  । विगतलाई सम्झदै स्थानिय राजनितिक दलका नेता इन्दल सिंह (गुड मोर्निङ) ले महोत्तरीबाट छुटिएको धनुषा र सर्लाही ले विकास  गरे पनि त्यसको तुलनामा महोत्तरी जिरो रहेकोमा दुख व्यक्त गर्नु भएको छ ।
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले महोत्तरीमा विकासका प्रसस्त पुर्वाधारहरु रहेको र  यसलाई सही ढंगले उपयोग गर्न सके नेपालकै उत्कृष्ट जिल्लाको रुपमा परिचित हुन सक्ने बताउनु भएको छ ।
कार्यक्रम सफलता पुर्वक समापन भएपनि भत्तामा जिविसले भेदभाव गरेको र मनोमानी ढंगले वाडेको आरोप सहभागीहरुले लगाएका छन । एक सहभागीका अनुसार बोल्ने ले पाच दिनकै भत्ता पाउने र नबोल्नेले सबै दिन सहभागी रहेपनि दुई दिन तिन दिनको भत्ता बाडने गरेको बताएका छन । साथै कार्यक्रम स्थलबाट ल्यापटप , क्याामेरा र मोबाईल फोन चोरी भएककोमा लज्जास्पद कुरा भएको पिडितहरुले जनाएका छन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्