जेपी गुप्ता र सरिता गिरीबीच नयाँ मोर्चा
Advertise Here Book Now


आज यस नयाँ गठबंधनको औपचारिक घोषणा हुने स्रोतले जनाएको छ। संयुक्त लोकतांत्रिक मधेशी मोर्चालाई सरकारी मोर्चा बताउँदै आएका गुप्ता र जेपीले मधेशको मुद्दालाई सड़कबाट दबाब दिनका लागि मोर्चा बनाईने अभियानका एक नेताले जानकारी दिए।
यस बारेमा अहिले दुबै मध्ये कुनै नेताले बोल्न चाहेनन, तर गिरीले केही महत्त्वपूर्ण निर्णय हुने बताइन । मधेशी मोर्चाले सत्ताको लागि आफ्नो मूल नीति र सिद्धांत संगनै समझौता गरेको आरोप अध्यक्ष गिरीले लगाईन। उनले मधेशी मोर्चाले एक मधेश एक प्रदेशको मांगलाई छोडेर मधेशी जनतासंग धोखा गरेको बताएकी छिन ।
उता, जेपी गुप्ताले पनि मधेशी मोर्चामाथि सत्तामा जानको लागि बनेको मोर्चा बताउँदै आएका छन। पूर्वमा संयुक्त लोकतांत्रिक मधेशी मोर्चाको गठनमा विशेष भूमिका निर्वाह गरेका गुप्ता अहिले मोर्चालाई मधेश विरोधी र सत्तामुखी भन्दै आएका छन ।