आगलागी
Advertise Here Book Now


सप्तरी, पौष १९ गते । सप्तरीको पकरी गाविस २ मा शुक्रबार सांझ गाईगोठमा बालेको घुरबाट आगलागी हुँदा चार घर जलेको छ।
स्थानीय घोघन सरदारको गाईगोठमा बालेको घुरबाट अचानक आगलागि हुँदा उनीसहित नजिकै रहेको चार घर तथा तीन गाईगोठ जली अन्दाजी पाँचलाख बराबरको क्षती भएको छ।
आगो प्रहरी चौकी पकरीबाट गएको प्रहरी, स्थानीयवासी, दमकलको सहयोगमा नियन्त्रण गरिएको थियो ।
अवैध सुपाडीसहित दुई पक्राउ
सुनसरी, पौष १९ गते । सुनसरीको चिमडी गाविसबाट प्रहरीले एक क्वीन्टल सुपाडीसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
चिमडी ९ स्थित जयनारायण यादबको घरबाट प्रहरिले दुईवटा मोटरसाइकलमा बाँधेर निकाल्न लागेको अवस्थामा दुई बोरा सुपाडीसहित देवानगञ्ज ९ का राहुल यादव र चिमडी ८ का पिन्टु यादवलाई नियन्त्रणमा लिएको हो । उनको घरबाट सुपाडी तस्कर हुदैछ भन्ने सुचना पाएपछि प्रहरीले घरमा छापा मारेको थियो।

सुपाडीसहित पक्राउ परेका दुबैलाई अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय चिमडीमा राखिएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्