ट्याक्टरबाट खसेर बालिकाको मृत्यू
Advertise Here Book Now


सिरहा, १६ पौष (साक्षी)– सिरहा नगरपालिका २ मा बुधवार दिउँसो
ट्याक्टरबाट खसेर एक बालिकाको मृत्यु भएको छ । नराहागोल गाविसबाट
पराल लिएर भारततर्फ जादै गरेको स. १ त. २८४३ नम्बरको ट्याक्टरबाट
खसेर भारत मधुवनी जिल्ला बेलाहा निवासी १२ वर्षिया नेहाकुमारी यादवको
मृत्यु भएको हो ।
ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको उपचारकाक्रममा
जिल्ला अस्पताल सिरहामा दिउँसो पाने ३ बजे मृत्यु भएको थियो । ट्याक्टर
तथा चालकलाई जिल्ला प्रहरी कार्यालय सिरहाले नियन्त्रणमा लिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्