सिरहामा लामो समयपछि घाम लाग्यो
Advertise Here Book Now



सिरहा, १६ पौष–सिरहा सहित मधेशका जिल्लाहरुमा विगत लामो समयपछि बुधवार विहानैबाट
घाम उदाएपछि चिसोले प्रभावित जनजीवन सामान्य बनेको छ । बाक्लो हुस्सु, शीतलहर र निरन्तर बहने हावाले जनजीवन निक्कै कष्टकर बनेको यस क्षेत्रमा एकाबिहानैदेखि घाम लागेको हो । दुई सातापछि लागेको न्यानो घाममा बिहानैदेखि घरघरबाट निस्केर वृद्धवृद्धा, बालबालिका तथा वयस्कले आ– आफ्नो जीउ न्यानो पार्न थालेका छन् । त्यस्तै गृहिणी लामो समयपछिको घाममा बिहानैदेखि फोहर र मैलो भएका लुगाफाटा
धोएर सुकाउने जोरजाम गरिरहेका देखिन्छन् । त्यस्तै लगातारको जाडोबाट ग्रसित भएका गाई, भैँसी,
ब ा ख ्रा ब ा ख ्री ल ग ा य त क ा वस्तुभाउलाई पनि घाममा राखेर न्यानो बनाउनमा स्थानीयवासी व्यस्त देखिन्छन् । त्यसैगरी जाडोकै कारण १५ दिनदेखि कामकाज छोडी घरभित्रै सीमित भएका किसान पनि
बिहानैदेखि खेतखेतमा पुगेका छन् । घाम लागेपछि महोत्तरीको दक्षिणी भेगका जनजीवन न्यानो हुँदैछन् भने
मानिस, पशु र जीवजन्तु सबैलाई लामो समयपछिको घामले राहत पु¥याएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्