सिरहामा अज्ञात समूहद्धारा धारिलो हतियार प्रहार गरी एक युवाको गरीयो हत्या
Advertise Here Book Now

श्रीकान्त झा । सिरहा , पौष १७

जिल्ला प्रहरी कार्यलय सिरहाले दिएको जानकारी अनुसार अज्ञात समूहले सिरहाको माडर बजार स्थित रामजानकी मन्दिरमा धारिलो हतियार प्रहार गरी एक युवाको बुधबार बिहान हत्या गरेको छ ।
खिरौना ३ का २६ बर्षिया  सुबोधकुमार दासको हत्या भएको प्रहरीले जनाएको छ ।टाउको र घाटीको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी घाइते भएका दासको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक राकृपाल साहले बताए ।दास घरायसी कामको लागि सिरहाको सिमावर्ती बजार भारतको जयनगरबाट कम सकेर फकिर्ने क्रममा माडर बजारस्थित रामजानकी मन्दिरमा साथीहरुस“ग बिहिबार राति बसेको प्रहरी  उपरीक्षक साहले बताए । प्रहरीले उक्त घटनाको छानबिनका गर्ने क्रममा मन्दिरका महन्थ रामपरीक्षण्ँ दासलगायत केहीलाई सोधपुछको लागि नियन्त्रण्ँमा लिएको जनाएको छ । उक्त मन्दिरका महन्थ भारतीय नागरिक भएको र उनी अपराधी पृष्ठभूमीको भएकोले आङ्खनो छोराको हत्यामा उनको संलग्नता हुन सक्ने दासको बुवा भोला दासले आरोप लगाए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्