प्रहरीकै संरक्षणमा अर्किड होटल लहानमा अश्लिल नाच
Advertise Here Book Now

श्रीकान्त झा । सिरहा , १७ पौष
लहानको अर्को अर्किड होटलमा अश्लिल नाच प्रदर्शन गरिएको छ भने प्रहरीकै संरक्षणमा आज राती अबेला (राती ११ बजेबढी ) सम्म केटी नचाएको रमिता चलेको थियो । यो नाच केही विशेष व्यक्तिको लागि गरिएको जानकारीमा आएको छ भने केही प्रहरीहरु यसको संरक्षणमा मस्त थिए । केही समययता, लहानमा रेष्टुरेन्ट संचालन गर्दै आएका व्यावसायलाई प्रहरीले कारवाही गरी कैद भुक्तान गर्दै आएका छन् । यहां कसैलाई काखा त कसैलाई पाखा गर्ने काम प्रहरी प्रशासनबाट भइरहेको स्थानीय बीर युवा क्लबका अध्यक्ष वीरेन्द्र यादव बताउंछन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्