बलिउड अभिनेत्री करिना कपुर मानसिक अस्पतालमा
Advertise Here Book Now

kareena kapoorबलिउड अभिनेत्री करिना कपुर मानसिक अस्पतालमा छिन |उनले चलचित्रमा धेरै भूमिकामा सफल अभिनय गरेपनि मानसिक सन्तुलन गुमाएकी महिलाको भूमिकामा पहिलो पटक देखिदैछिन |मानसिक रोगीको अभिनय गर्न निकै कठिन हुन्छ जसको लागि उनि रोगि संगै बसेर उनीहरुको व्यवहार नक्कल गर्ने छिन |‘अमिर’ र ‘नो वन किल्ड जेसिका’ जस्ता चर्चित चलचित्र बनाएका निर्देशक राजकुमार गुप्ताको निर्देशनमा बन्ने चलचित्रमा उनी यस्तो भूमिकामा अभिनय गर्न लागेकी हुन् । करिनाले मानसिक रोगले विछिप्त बनेकी महिलाको रुपमा कस्तो उपस्थिति जनाउने हुन्,त्यो त चलचित्र प्रदर्शनी भएपछि मात्रै थाहा हुन्छ । तर चलचित्रमा आफ्नो भूमिका प्रति जिम्मेवार बनेकी उनको लगाब देखेर पक्कै पनि सफल हुन्छिन भन्ने अनुमान सुरु भैसकेको छ |
करिनाले पनि यो चलचित्रमा काम गर्न पाउदा खुसीको अनुभब गरेकी छन |उनले सकेसम्म राम्रो गर्ने प्रयास गर्ने पनि बताएकी छन |चलचित्र भारतीय कानुन अनुसार नै निर्माण गर्न लागिएको हो |भारतीय दण्ड संहिताको धारा ८४ लाई आधार निर्माण गर्न लागिएको हो | यो धारामा मानसिक रोगबाट मुक्त नभएसम्म कुनै पनि आरोप लगाउन नपाउने उल्लेख छ

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्