गच्छदारको प्रस्तावमा कहिल्यै सहमति नहुने उपेन्द्र यादवको ठोकुवा
Advertise Here Book Now
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले ल्याएको प्रस्ताव कांग्रेस र एमालेको भएको आरोप लगाएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजकसमेत रहेका गच्छदारको प्रस्ताव कहिल्यै सहमति नहुने यादवको ठोकुवा गर्नु भयो । ‘विजयजीको प्रस्ताव प्रतिपक्षी मोर्चाको प्रस्ताव होईन, सतासिन कांग्रेस र एमालेको हो,’ आइतबार बिराटनगरमा पत्रकारहरुसित यादवले भने, ‘त्यो प्रस्तावमा कहिले पनि सहमति हुन सक्दैन् ।’
यादवले सत्ताधारी दलहरू बहुमतको दम्भ छोडेर सहमतिमा संविधान निर्माण गर्ने पक्षमा इमान्दार देखिए विपक्षी मोर्चा वार्तामा बस्न तयार रहेको उल्लेख गरे । अधिकतम सहमति गरेर संबिधान जारी गर्ने तर्फ इमान्दारिताका साथ सत्तापक्ष देखिए मात्र वार्तामा बस्न सकिने उनको धारणा छ ।
अध्यक्ष यादवले विगतमा भएको १२ बुँदे शान्ति सम्झौता, मधेस आन्दोलन पछि भएको २२ र ८ बुँदे सम्झौताको मर्म र भावना अनुसार सहमति हुनुपर्ने बताए ।