आगो लाग्दा नगरपालिकालाई फोन नगर्नुस ,तपाईलाई सहयोग गर्ने कोहि छैन
Advertise Here Book Now

रंजन भण्डारी

महोत्तरी,माघ २५ गते । 
तपाईको घरमा आगो लाग्यो भने छरछिमेकको सहयोगले निभाउने प्रयास गर्नुस । नगरपालिकाको पुरानो बारुण यन्त्र विग्रेको छ भने नयाको पुजा भएको छैन र अख्तियारबाट समेत नचलाउन आदेश आएको छ रे ।
आईतवार ढल्केवरमा आगो लाग्दा प्रहरीलाई जलेश्वरको वारुण यन्त्र तुरुन्त पठाईदिन आग्रह गरियो वारुण यन्त्र कर्मचारीलाई तुरुन्त जान आग्रह गर्दा वेवास्ता गर्दै पुरानो गाडी विग्रेको छ भनेर जवाफ आयो । नयाँ लिएर जानुस न त भन्दा पुजा नभएको र अख्तियारमा समेत सो गाडी परेको ले लग्न नमिल्ने जवाफ फर्काईयो । जवाफदेहि कसैले देखाएन त्यहा । धनुषाको प्रमुख जिल्ला अधिकारीको फोनको समेत वेवास्ता गरियो भने कर्मचारीहरुले नगर प्रमुखको आदेश भए मात्र जान मिल्ने भनीरहे । नगर प्रमुख विदामा भएको र उनको मोवाईल बन्द भएको बताउदा समेत कर्मचारीहरुको यस्तो उत्तरदायित्वले कुन दिन नगर नै जलेर सखाफ हुने भन्न गार्हो छ ।
पछि प्रहरी उपरिक्षक शौरभ राणाको निर्देशनमा नया वारुण यन्त्र घटना स्थलमा पठाईएको थियो । यहाँ दोषी को त ? आगो लाग्दा पनि आफ्नो जिम्मेवारीमा मजबुरी देखाएको नगर पालिका कि आकस्मिक सेवाको लागी रहेको वारुण यन्त्रलाई पनि बन्धकमा राखेको अख्तियार ? एमाओवादीका सुचना विभाग प्रमुख सत्येन्द्र यादवले प्रश्न गरेका छन । साझ भने नगर प्रमुख सुजित कर्णले जलेश्वरमा नया वारुण यन्त्रको पुजा गराएका छन ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्