सिकार खेल्न नेपाल आउँदैछन् साउदी राजकुमार
Advertise Here Book Now

saudi princeकाठमाडौ, माघ २९ – साउदी अरबका राजकुमार अल–वालिद बिन तलाल बिन अब्दुल अजिज अल साउद शिकार खेल्न नेपाल आउने भएका छन् ।
विश्वका उच्च ओहदाका व्यक्तिलाई सिकार गराउँदै आएको ‘नेपाल वाईल्डलाईफ सफारी’मार्फत् राजकुमार तलाल ढोरपाटन शिकार आरक्षमा नाउर र झारलको शिकार गर्न आउन लागेका हुन् ।
चार वर्ष अघि नेपाल आएका बेला उनले सिकारमा रुची देखाएका थिए । सौखिन तलालले ढोरपाटनको लेकमा एउटा नाउर र एउटा झारल सिकार गर्नेछन् ।
सिकारका लागि आवश्यक हतियार र खरखजाना उनैले ल्याउनेछन् ।
यसै वर्षभित्र आउने तयारी भए पनि माघ ९ मा काका साउदी राजा अब्दुल्लाह बिन अब्दुल अजिजको निधनका कारण भ्रमण पर धकेलिएको उनलाई सिकार गराउन नेपाल ल्याउन जुटेको कम्पनीका अधिकारीले बताए ।
तलाल तत्कालिन राजा अब्दुल्लाहका भतिज र साउदीका संस्थापक राजा इब्न साउदका नाती हुन् । उनी चर्चित व्यापारीसमेत हुन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्