माओवादी सभासद जन्मिँदै डाक्टर !
Advertise Here Book Now
मानिस जन्मिँदा यहि बन्छ भन्ने अनुमान ज्योतिषीले लगाउन सक्दैन । तिनले चिना बनाएपछि बल्ल त्यहि हेरेर भन्ने, अनुमान लगाउने हुन् । तर नेपाल यस्तो देश हो जहाँ अब पैसो पेलिदिएपछि, आफन्त भएपछि नेपाली नागरिकतामै जेपनि लेख्न सकिन्छ भन्ने उदाहरण माओवादी सभासदको नागरिकताबाट बुझिन्छ । कम्तिमा १६ वर्ष नपुगी नेपाली नागरिकता बन्दैन । १६ वर्षमा पढ्न सकिने भनेको प्रवेशिका (एस एल सी) सम्म मात्रै हो । पढाईमा जतिसुकै तेज भएपनि । माओवादीले हालसालै नियुक्त गरेका बिवादास्पद सभासद ल्हारक्याल लामाको यो नागरिकता हेर्नुस् त । नागरिकतामै डा ल्हारक्याल लामा भन्ने उल्लेख छ ।
नागरिकता लिँदा पत्रकार, डाक्टर, इन्जिनियर भनेर लेख्न मिल्दैन । सक्कली नागरिकता हराएर प्रतिलिपी लिएको हो भनेपनि त्यसमा सच्याउन मिल्दैन । तर ल्हारक्याल लामालाई यस्ता नियमले छोएन । छुन्न । किनभने उनी शक्तिशाली पार्टीका हालसालै नियुक्त सभासद हुन् ! उनको यस्तो नागरिकताका बारेमा प्रश्न गरे आन्दोलन् हुनसक्छ ! फोटो- चन्द्र काफ्लेको ट्विटरबाट
Was this article helpful?
Thanks!
Your feedback helps us improve onlinesiraha.com
प्रतिकृया दिनुहोस्