लहान स्वस्थ र सुखी समाज निर्माण गर्न लहानमा सुखायु
Advertise Here Book Now
लहान, २४ माघ । परम्परागत चिकित्सा सेवा प्रदान गर्ने द्धेयले स्वस्थ र सुखी समाजको निर्माण गर्ने उद्देश्यका साथ स्थापना भएको अत्याधुनिक सुविधा सम्पन्न सुखायु आयुर्वेद अस्पताल तथा रिसर्च सेन्टरको सेवाप्रति जनमानसको रुचि बढ्दै गएको छ । स्वस्थ रहन र रोग लाग्नै नदिनका लागि प्राचीनकालदेखि चलिआएको आयुर्वेद चिकित्सा नै सर्वाेत्कृष्ट चिकित्सा पद्धति ठानिरहेको समयमा एउटै छानामुनि आयुर्वेद, योग, पञ्चकर्म, क्षारसूत्र शल्यक्रिया, भोजन उपचार, फिजियोथेरापी आदि सेवा प्रदान गर्ने भएको हो । सो सेवाको लागि आज एक कार्यक्रमबीच सुखायु आयुर्वेद अस्पतालको उद्घाटन भएको छ ।
‘हाम्रो अस्पतालबाट प्रदान गरिने औषधिहरु लामो समयको खोज–अनुसन्धानबाट पत्ता लगाइएका हुन्, अस्पतालका आयुर्वेद जानकार रोहितचन्द ठाकुर भन्छन् — ‘यहाँबाट प्रदान गरिने जुनसुकै सेवा पनि विशेषज्ञ चिकित्सकद्वारा प्रदान गरिने भएकाले यस अस्पतालका सेवाहरु बढी प्रभावकारी हुनेमा हामी ढुक्क छौं ।
लहान ३ स्थित यस अस्पतालमा दिइने मुख्य उपचार सेवा भनेको पञ्चकर्म उपचार सेवा हो । आयुर्वेद सिद्धान्त अनुसार पञ्चकर्म, शरीर शुद्धि गर्ने अर्थात् शरीरमा जमेर रहेको विजातीय फोहोर पदार्थलाई बाहिर निष्कासन गर्ने प्रक्रिया हो । मुख्यतया पाँच चिकित्सा अर्थात् विधिपूर्वक औषधि खुवाएर बान्ता गराई गरिने उपचार (बमन), विधिपूर्वक औषधि खुवाएर पेट सफा गरी गरिने उपचार (विरेचन), मलद्वारबाट विभिन्न औषधि–पानी पठाएर पेट सफा गरी गरिने उपचार (वस्ति), नाकबाट औषधि हाली गरिने उपचार (नस्य) र दूषित रक्तलाई निष्कासन गरी गरिने उपचार (रक्तमोक्षण) नै पञ्चकर्म उपचार विधि हुन् । यी उपचार विधि अपनाउँदा शरीर पूर्णरुपमा स्वस्थ रहनुका साथै रोगसँग लड्ने क्षमता पनि बढ्छ । नसर्ने रोगलाई केन्द्रित गरेर प्रदान गरिने पञ्चकर्म उपचार सेवा भारतको केरलामा मात्र सीमित छ । जसलाई केरलीयन पञ्चकर्म भनिन्छ । ठाकुर भन्छन् – ‘धेरै बिरामी पञ्चकर्म सेवा लिन भारतको केरलासम्म पुग्ने गरेको पाइएकाले बिरामीको सुविधाका लागि यो सेवा नेपालमै पहिलो पल्ट पूर्वाञ्चलमा सुरु गरेका हौं । यसरी एउटै छानामुनि पञ्चकर्मसहितको आयुर्वेदिक उपचार हुने यो अस्पताल मधेशकै पहिलो भएको ठाकुरको दाबी छ ।
सो अस्पतालको उद्घाटन नेपाल रेडक्रस सोसाईटी सिरहाका सभापति राजदेव यादवले गर्नुभएका थिए भने सभाध्यक्षता रिझन प्रताप यादवले गर्नुभएका थिए । कार्यक्रममा जयनारायण यादव, आयुर्वेद अस्पताल सिरहाका प्रमुख नागेन्द्र पटेल, देवनारायण यादव, सुखायु अस्पतालका संचालक सदस्य हेमन्त यादव, रामसुफल सदायलगायतले आयुर्वेदिक उपचारवारे जानकारी गराइएका थिए । अस्पतालमा भारतका प्रख्यात आयुर्वेदिक डाक्टरले उपचार गरिने भएको छ ।