मन्दिरको जग्गामा गिद्धेआँखा नलगाउन सभासद बिचारी यादवको चेतावनी
Advertise Here Book Now
वीरगंज ,माघ २६ राकेश साह
नेपाल टेलिकम क्षेत्रिय कार्यालय वीरगंज पर्साले टेलिकमको प्राङ्गनमा उतर पटि छेउमा रहेको सातोमाई मन्दिरका नाममा भोगचलन गरिदै आएको २ कट्ठा २ धुर १ कनवा जग्गमा गिद्धेआँखा नलागउन चेतावनी दिएका छन् । नेपाल टेलिकम क्षेत्रिय कार्यालय वीरगंजको प्राङ्गनमा आयोजित कोण सभालाई सम्बोधन गर्दै सभासद यादवले मालपोत कार्यालय वीरगंज पर्सामा श्री हरिहरनाथ मन्दिरका अध्यक्ष गोपाल महतो कोइरी नेतृत्वको टोलीले मन्दिरको जग्गा रोक्का गराए पनि टेलिकमले मनपरी गरी सो जग्गाको कार्य अगाडी बढाएकोमा गम्भिर आपती जनाएका छन् । टेलिकमले स्थानिय जनतालाई थाहा नै न दिई पैसाको बलमा सो बिवादित जग्गाको काम अगाडी बढाएकोले अबिलम्ब सो जग्गाको काम बन्द गर्न चेतावनी समेत दिए ।मन्दिरको सो जग्गामा बढी चलखेल गर्न खोज्यो भने श्रीपुर र मुर्लीका जनताले टेलिकमलाई गतिलो जवाफ दिने समेत चेतावनी दिएका थिए । मुर्ली र श्रीपुरका स्थानियबासीन्दाका साझा सम्पति र धरोहरको रुपमा रहेको सातोमाई मन्दिरको जग्गा कुनैपनि हालतमा टेलिकमको हातमा नपर्ने सभासद यादवले बिश्वास दिलाए । यदि टेलिकमले पैसाको बलमा स्थानिय बासीन्दाको भावना संग खेलावड गर्न खोज्यो भने त्यसको परिणाम गम्भिर हुने चेतावनी समेत दिएका थिए ।
यसैगरी सभासद बिचारी यादव र सभासद जुनैद अंसारी सहित श्री हरिहरनाथ मन्दिर समितीका पदाधिकारी , वीरगंज वडा नं. १४ श्रीपुर र वडा नं.१५ मुर्लीका स्थानियवासीहरुको एक टोलीले टेलिकमको कर्मचारीले पदिय दायित्व नाघेर जनताको जनप्रतिनिधी एवं जननिर्वाचित सभासदलाई र्दुव्यवहार गरेको प्रति निमित प्रमुख जिल्ला अधिकारी योगराज पाण्डेको ध्यानाकर्षण गराएका छन् ।। आज बिहान जग्गा बारे स्थानिय बासीहरु सहित सभासद बिचारी यादव बुझन जादा टेलिकमको कर्मचारी गुन्डा शैलीमा प्रस्तुत हुदाँ स्थानियबासिन्दा अच्चमित भएका थिए । । ध्यानाकर्षणलाई सम्बोधन गर्दै अधिकारीले नेपाल टेलिकमको कर्मचारीहरुले देखाएको तानाशाह प्रति आपति जनाउदै अगामी दिनहरुमा त्यसतो गल्ती नदोहरयाउन को लागि भोली बिशेष छलफलको लागि बैठक समेत डाकेका छन् । टोलीमा गोपाल महतो कोइरी , स्थानिय नेता सुन्दर कुर्मी, मुन्ना मेहता, महम्द अली अंसारी, रामदरश प्र. कुशवाहा, अरबिन्द गुप्ता, दिनेश पन्त , पारस ठाकुर,दिनानाथ प्र. कुर्मी, जलयआलम अंसारी हरीहर महतो , किसोरी कुशवाहा,रामअश्रय राउत कुर्मी लगायतको उपस्थिती रेहेको थियो ।
नेपाल टेलिकम क्षेत्रिय कार्यालय वीरगंजले वीरगंजको साबिक श्रीपुर वार्ड नं. ६ किता नं. १३०६ को क्षेत्रफल १० कठ्ठा मात्र रहेको र रजिष्ट्रेसन पारीत गराई दर्ता गराउनु भन्दा पहिलेनै २०४७ सालको नयाँ नाप नक्सा भएर हालको वीउमनपा वडा नं. १४ को किता नं. २८ को क्षेत्रफल १२ कठा २ धुर १ कन्वा जग्गा मध्ये २ कठा २ धुर १ कनवा जग्गा समेत मिलाई टेलिकमले १२ कठाको फिल्ड बुक बनाइ बदनियतपुर्ण सो जग्गा आफनो नाममा गराउन खोजेको हो ।
नेपाल टेलिकम को जग्गा १० कठा मात्र हाल सविक हुने गरी र बाँकी बढी रहेको २ कठा २ धुर १कन्वा जग्गा मन्दिरको नाउमा दर्ता गर्न मालपोल कार्यालय वीरगंजमा माघ २५ गते निवेदन समेत दिइसकेको स्थानिय बासीन्दा मुन्ना मेताले बताए ।