मधेशको जल,जंगल र जमिनमा खसवादीको अतिक्रम असहनिय: देवेन्द्र यादव
Advertise Here Book Now
रंजन भण्डारी
जलेश्वर, माघ २७ गते ।
मधेशको जल,जंगल र जमिन मधेशीको हो खसवादीको होइन
मधेशको सम्पती मधेशीको हो र यस्मा अन्यले अधिकार देखाउन खोजे त्यसको कडा प्रतिवाद गर्ने मंगलवार रामगोपालपुर बजारमा ३० दलिय मोर्चाको खवरदारी तथा भण्डाफोर कार्यक्रममा सदभावना पार्टीका सह महासचिव देवेन्द्र यादवले जनाएका छन । कार्यक्रममा वोल्दै यादवले मधेशमा उठाईएको राजश्व माथी मधेशीको हक भएको र यस्ले खसवादीको विकास भईरहेकोमा विरोध जनाउदै त्यो राजश्व मधेशमै उपयोग गर्न समेत सत्तापक्षलाई चेतावनी दिएका छन । आम जनसमुदायसंग अपिल गर्दै यादवले मधेशको नाकाबन्दी गरि मधेशको सम्पती मधेशमै राख्न आव्हान समेत गरेका छन ।
सदभावना पाटीैका जिल्ला अध्यक्ष रामबाबु साहको अध्यक्षतामा सम्पन्न सो भण्डाफोर कार्यक्रममा क्षेत्र नं. ५ का एमाओवादी सभासद लालेन्द्र मण्डल एवं केन्द्रिय सदस्य रजी हैदर,संघिय सदभावनाका केन्द्रिय सदस्य दिपक झा,फोरम नेपालका केन्द्रिय सदस्य तेज नारायण यादव,तराई मधेश सदभावना पार्टीका केन्द्रिय सदस्य सुरेश पाण्डेय ,एमाओवादीका क्षेत्रिय अध्यक्ष जिवछ चौधरी,तमलोपाका केन्द्रिय सदस्य राज किशोर मण्डल, रामसपाका के.सदस्य शिवजी सिंह लगायतका नेताहरुले एमाले र कांग्रेसले सत्ताको लोभमा मधेशी जनताको मौलिक हकमाथी कुठाराघात गरेको आरोप लगाउनुका साथै ३० दलिय मोर्चाले गरेको आन्दोलन सम्बन्धी प्रकाश पारेका छन ।
फोरम नेपालका जिल्ला उपाध्यक्ष राज नारायण यादवले उदघोषण गरको कार्यक्रममा जिल्ला अध्यक्षहरु तराई मधेश लोकतान्त्रिक पार्टीका अभिराम शर्मा,फोरम नेपालका राम नरेश राय,संघिय सदभावनाका संजय सिंह,रामसपाका बैकुण्ठ यादव लयायतको उपस्थिति रहेको थियो । बुधवारको कार्यक्रमको सम्बोधन फोरम नेपालको नेतृत्वमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भ्रमरपुरा बजारमा गर्ने छन ।