ल्हान टाइगर २ विकेटले विजयी
Advertise Here Book Now
रोहित कुमार मण्डल
लहान, माघ २५ । सप्तरीको कुशहामा सुपर म्यान क्रिकेट टिम कुशहा बजारद्धारा संचालीत दोस्रो पचसिल्ड क्रिकेट प्रतियोगितामा पौचौ टाइगर च्याम्पियन क्रिकेट टिम लहान ४ ले २ विकेटले जित हात पारेको छ ।
निर्धाधारित २० ओभरको खेलमा टस जितेर ब्याटिगं रोजेको राजाजी युवा क्रिकेट टिम बैरीया सप्तरीले १६ ओभर ५ बलमा अल आउट हुदै टाइगर च्याम्पियन क्रिकेट टिम लहानलाइ १ सय २८ रनको चुनौति दिएका थिए ।
विजयीका लागि १ सय २८ रनको रनको चुनौती लिई मैदानमा उत्रिएका टाइगर च्याम्पियन क्रिकेट टिम लहानले १७ ओभरमा ८ विकेट गुमाई विजयी हासिल गरेका छन् । आइतबार भएको खेलमा विजयी टिम लहानका आफताब खान म्यान अफ दि म्याचको उपाधि पाएका छन् । खानले आफनो टिमका लागि ३ विकेट र २२ रन लिएका थिए ।
पहिलो पुस्कारको राशि १० हजार १ सय ५१ तथा कप शिल्ड, प्रमाण पत्र रहेको छ भने दोस्रो पुस्कार ५ हजार १ सय ५१ तथा कप शिल्ड, प्रमाण पत्रको छन् । पहिलो पुस्कारको व्यवस्था स्थानिय मोहमद सविर हुसेनले गरेका छन् भने दोस्रोको व्यवस्था हिमाल रेमिट कुशहा शाखाका पा्रोपाइटर संजिव कुमार चौधरीले गरेका छन् । स्कोरिङ्गमा रामनाथ चौधरी र राजेश पासवान तथा राजु पासवानले गरिरहेका छन् भने एम्पाइरिङ्ग प्रकाश चौधरी र विवेक चौधरीले गरिरहेका छन् ।