सनराईज बैक गाईघाट शाखाका गार्डको हत्या
Advertise Here Book Now
गजेन्द्र राई
उदयपुर २० माघ ।
उदयपुरको उदयपुर सिमेण्ट उद्योग जलजले परिसरमा रहेको सनराईज बैंकको सुरक्षा गार्डको हत्या भए पछि उद्योग परिसर तनाब बनेको छ ।
बैंक लुट्ने उद्देश्यले बैंकका सेक्युरेटी गार्ड त्रियुगा नगरपालिका ८ बगाहाका ५१ बर्षिय खेमबहादुर बाँनियाको हत्या रहस्यमय भएको र अपराधीलाई फेला नपारेको भन्दै आफन्तले लाश बुझ्न नमाने पछि मंगलवार साँझसम्म उद्योग परिसर तनाब बनेको हो ।
बैंक लुटनु अघि बाँनियालाई नियन्त्रणमा लिई धारिलो हतियार प्रयोग गरी हत्या गरेर शौचालयमा शव फालेका थिए ।
गार्ड हत्यापछि बैंकमा राखिएको भल्टर (सेफ) फुटाउने प्रयास गर्दा नफुटेपछि उक्त समुह फरार भएको हुन सक्ने प्रहरी प्रमुख एसपी टेकबहादुर गुरुगंले बताएकाछन् । बिहान ८ बजेसम्म ग्राहाकले बैंकको एटिएम नखुलेपछि बैंक मेनेजरलाई बोलाएका थिए । बैंक मेनेजर आएर भित्र पस्दा गार्ड हत्या भएको देखेपछि घटनाको सार्वजनिक भएको थियो । घटनाको अनुसन्धानको लागि तालिम प्राप्त कुकुर र प्रहरीको बिशेषज्ञ टोली धरानबाट मगाईएर अनुसन्धान गरेपनि हालसम्म अपराधीहरु पत्वलाग्न नसकेको एसपी गुरुङ्गले बताए