अवैध रुपमा सिरहाका सामुदायिक विधालयले टेष्ट परीक्षा लिएर लाखौ रुपैया असुल्दैे सिरहाका शिक्षक अधिकारी अनभिक्ष ,
Advertise Here Book Now





श्रीकान्त झा सिरहा । माघ २०



कानुन विपरित सिरहा जिल्लाका माध्यमिक विधालयहरुमा आइतवार देखि अबैध रुपमाटेष्ट  परीक्षा सञ्चालन भइरहेको छ ।

  आइतवार देखि अबैध टेष्ट परीक्षा विधालयहरुले संचालन गरेको छ । परीक्षा सञ्चालनको नाममा विधालयहरुले ६ सय देखि १ हजार रुपैया सम्म असुल गरेको पाइएको छ । तर यस वारे जिल्ला  शिक्षा कार्यालय सिरहाका  शिक्षक अधिकारी ओम कटुवालका अनुसार नेपालको कानुनमा कतै टेष्ट परीक्षा लिन भनेको छैन तर विधालयहरु आफनै मनोमानी तरिकावाट परीक्षा संचालन गरेको छ ।परीक्षा सञ्चालन वारे  शिक्षा  कार्यालय सिरहालाई कुनै जानकारी नै नभएको वताउनुभयो ।



पैसा लिएको न कुनै रसिद छ न कुनै प्रमाण्ँ नै । सिरहाको कर्जन्हा गाविस स्थित रहेको जन सेवा उच्च माध्यमिक विधालयमा विधार्थीले पैसा दिएको रसिद माग्दा विधालय प्रशासनले नदिएपछि अवैध रुपमा रकम असुल गरेको भन्दै विधार्थीहरुले आइतवारको परीक्षा वहिष्कार गरेपछि जिल्ला भरि सञ्चालन भइरहेको अवैध टेष्टपरीक्षा वारे रहस्य सार्वजानिक भएको छ । सामुदायिक विधालयका प्रध्यानाध्यापकलाई  शिक्षकको नियम वारे जानकारी नभएको हो या भएको हो । यसरी पटक पटक वहाना बनाई विधार्थीसंग विभन्न वहानामा अवैध रुपमा रकम असुल गदै आएको छ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्