साहको मुद्दाको पेशी आज,१७ नम्बर सरयो..
Advertise Here Book Now

..................>>  साहको मुद्दाको पेशी आज,१७ नम्बर सरयो.....<<<  !!!समाचारदाता 
जनकपुरधाम, २२ माघ । हत्या अभियोगमा कारागारमा रहेका निलम्बित सभासद सञ्जय कुमार साहको हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दाको बिहिबार सर्वोच्चमा पेशी परेकोछ । उक्त मुद्दामा साहलाई पुनरावेदन अदालत जनकपुरले डेढ वर्ष कैद सजाय एवं जरिवानाको सजाय गरेकोछ । उक्त फैसलालाई साहले सर्वोच्च अदालतमा चुनौती दिएका छन । लामो समयदेखि पेशीमा चढदै आएपनि फैसला हुन नसकेको उक्त मुदाको बिहिबार छिनोफानो हुन सक्ने संभावना रहेको कानुन व्यवसायीहरुले जनाएकाछन । उक्त मुद्दामा साह पराजित भए उनको सभासद पद स्वतःसमाप्त हुनेछ ।साहको पद समाप्त भएपछि धनुषा निर्वाचन क्ष्ँेत्र नम्बर ४ मा पुनःसंबिधान सभाको चुनाव हुन सक्ने बाटो खुल्नेछ । जिल्ला अदालत धनुषाको पुर्पक्षका लागि थुनामा राख्ने आदेशलाई पुनरावेदन अदालत जनकपुरले सदर गरेपछि साह सर्वोच्चमा त्यसलाई चुनौती दिएका छन । उनको १७ नम्बर महल अन्तरगतको मुद्दाको पहिलो पेशी बुधबार भएको थियो ।पुनरावेदन अदालतमा उक्त मुद्दाको सुनवाई बिहिबार हुने र सर्वोच्चमा बुधबार हुने प्रावधान छ । पहिलो पेशीलाई साह पक्षका कानुन व्यवसायीहरुले सारेका छन । अर्को पेशी आउदो बुधबार तोकिएकोछ ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्