महिला चालक बन्दै
Advertise Here Book Now
विद्युतीय रिक्साबाट स्वरोजगार वनाउने उद्देश्यले दमक नगरपालिकाले आयोजना गरेको महिलाका लागि पाँच दिने इ-रिक्सा चालक तालिम लिँदै स्थानीय महिलाहरु । नगरपालिकाले महिलाका लागि नगर क्षेत्रभित्र ५० वटा त्यस्ता रिक्साको कोटा दिने भएपछि यहाँका एक दर्जन जति महिलाहरुले इ-रिक्सा चालक तालिम लिँदैछन् । यसरी महिलालाई स्वरोजगार बनाउने उद्देश्यले यस्तो रिक्सा चालक प्रशिक्षण गराउने दमक पूर्वकै संभवत पहिलो नगरपालिका हुन सक्ने बताइएको छ । नगरपालिकाले ८० हजार रूपैयाँ खर्चेर सो तालिम सञ्चालनको जिम्मा एक निजी विक्रेतालाई दिएको छ।
फोटो- विष्णु सुब्बा