टेलिकम र स्थानियवासी बिचको बिवाद समाप्त
Advertise Here Book Now
वीरगंज,माघ २७
नेपाल टेलिकम क्षेत्रिय कार्यालय वीरगंज को प्राङ्गनमा श्री हरीहरनाथ मन्दिरको मताहतमा रहेको सातोमाई मन्दिरको जग्गा को बारेमा चल्दै आएको बिवाद आज समाप्त भएको छ । आज दिउसो जिल्ला प्रशासन कार्यालय पर्सामा वसेको बैठकले सो निर्णय गरेको हो ।पर्सा क्षेत्र नं. २ का सभासद बिचारी यादव र जुनैद अंसारी , निमित प्रमुख जिल्ला अधिकारी योगराज पाण्डे , पर्साका एस.पी दिवेस लोहनी ,वीरगंज वडा नं.१४, १५ र १६ मुर्ली श्रीपुरका स्थानिय बासीन्दाहरु र नेपाल टेलिकमको कर्मचारीहरु सम्मिलित बैठकले सो बिवाद समाधान गरेको हो । बैठक अनुसार नेपाल टेलिकमले खरिद गरेको १० कट्ठा को लालपुर्जा बनाउने र मन्दिरले भोगचलन गर्दै आइरहको २ कट्ठा २ धुर १ कनवा जग्गा श्री हरीहर नाथ मन्दिरको मताहत रहेको सातोमाई मन्दिरको नाम गर्ने सहमति भएको हो । बैठक अनुसार टेलिकमले १२ कट्ठाको लागि बनाएको फिल्ड बुक र सवै कागजी प्रक्रिया रोक्ने र साबिकको भोगचलन अनुसार १० कटठाको लालपुर्जा बनाउने समेत सहमती भएको सभासद बिचारी यादवले बताए । छिटै नै मालपोत कार्यालयबाट जग्गाको छिनोफानो लगाई काम अगाडी बढाउने निर्णय पनि गरेको छ ।
यता सभासद बिचारी यादवको बढदो लोकप्रियता देखेर केही गलत मानसिकता बोकेका बिकास बिरोधी नेताहरुले भ्रामक समाचार सम्प्रेशन गरी जनतालाई गुमराह पार्ने कार्य गरेको प्रति सभासद यादवले खेद प्रकट गरेका छन् । नेपाल टेलिकमको नाम बेचेर केही नेताहरुले भ्रामक समाचार सम्प्रेसन गरेको प्रति नेपाल टेलिकमलका कर्मचारीहरु आश्र्चयचकित समेत भएका छन । बैठक मै सो कुरा स्वीकारेका नेपाल टेलिकमका कर्मचारीहरुले आफुले कुनैपनि संचार गृहलाई त्यसतो जानकारी नदिएको र प्रमाण फेला परेमा आफुहरु जुनसुकै सजाय भोग्न तयार रहेको समेत बताएका थिए । जग्गाको बिवाद मिलाउन नेपाल टेलिकम पुगेका सभासद बिचारी यादवका कार्यकर्ताहरुले नेपाल टेलिकमका कर्मचारीहरु लाई दुरव्यवहार गरेको भ्रामक समाचार केही पत्रिकाले प्रकासन गरेका थिए ।