हरिराबा सप्तरीलाई पराजित गर्दै एमसिसी सेमिमा प्रवेश
Advertise Here Book Now
रोहित कुमार मण्डल
निर्धाधारित २० ओभरको खेलमा टस जितेर ब्याटिगं रोजेको पृथ्वी युवा आदर्श क्लब हरिराबा सप्तरीलाई सप्तरीले १९ ओभर २ बलमा अल आउट हुदै लहान एमसीसी क्रिकेट क्लब लहानलाई १ सय २४ रनको चुनौति दिएका थिए । विजयीका लागि १ सय २५ रनको रनको चुनौती लिई मैदानमा उत्रिएका लहान एमसीसी क्रिकेट क्लब लहानले २० ओभरमा ६ विकेट गुमाई विजयी हासिल गरेर सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मंगलबार भएको खेलमा विजयी टिम लहानका क्रृत गिरी म्यान अफ दि म्याचको उपाधि पाएका छन् । गिरीले आफनो टिमका लागि ५ विकेट लिएका थिए भने मोहमद राजाले ७ चौका तथा २ छक्का प्रहार गरेका थिए । म्याच संचालनमा चाँदनी कम्युनिकेशन कुशहाका प्रो. दिनेश चौधरी,आरके किराना पसलका तेजु चौधरी पुरस्कारको समेत व्यवस्था गरेका छन । स्कोरिङ्गमा मनिष चौधरी, राजेश भाषकरले गरिरहेका छन् भने एम्पाइरिङ्ग राजु पासवान र विवेक चौधरीले गरिरहेका छन् । बुधबारको खेल बाजिगर युवा क्रिकेट टिम कुशहा बी र बिष्णपुर बिच हुने आयोजकले जनाएका छन् ।