कडा बन्दै कलैया आन्दोलन दिनभर हतियारधारी प्रहरी र आन्दोलनकारी बीच दोहोरो झडप, सयौ घाईते (फोटो फिचर सहित)
Advertise Here Book Now

सुभाषप्रसाद साह
बारा, २ फागुन
बाराको सदरमुकाम कलैयामा हतियारधारी प्रहरी र आन्दोलनकारी बीच शनिबार दिनभर दोहोरो झडप भएको छ । बिभिन्न सरकारी कार्यालय बाराको सदरमुकाम कलैयाबाट सिमरामा सार्ने सरकारको निर्णयको बिरोधमा कलैयामा आन्दोलनको छैठो दिन दिनभर दोहोरो झडप हुँदा सयौ भन्दा बढी सुरक्षाकर्मी र आन्दोलनकारीहरु घाईते भएका छन् । घाईतेहरुको कलैया अस्पताल र वीरगंजमा उपचार भईरहेको छ । जनआन्दोलन तथा मधेस आन्दोलन भन्दा पनि बढी कडा कलैया आन्दोलन भएको बताईएको छ । यस अघिका आन्दोलनमा चिया, पान लगायतका ससाना कुरा पाए पनि कलैया आन्दोलनमा पाईरहेको छैन् । यसअघिका सबै आन्दोलनभन्दा यो आन्दोलन कडा रहेको चिया व्यवसायी भिमबहादुर बस्नेतले बताए ।
प्रहरीले १५० भन्दा बढी आश्रुग्यास तथा हवाई फायर गरेको थियो । प्रदर्शनकारीहरुको समुहलाई तितर बितर पार्नका लागि प्रहरीले गरेको लाठिचार्ज तथा आश्रुग्याँस प्रहारबाट आन्दोलनकारी घाईते भएका हुन् । आन्दोलनकारीले सदरमुकाम कलैयाको मोतिबाग स्थित नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा आगजनी गर्न खोज्दा दोहोरो झडप भएको हो । काग्रेस पार्टी कार्यालय नजिकै रहेको खानेपानी कार्यालय एवं पशुपति पुस्तकालयको पर्खाल आन्दोलनकारीले भत्काई दिएका छन् । आन्दोलनकारीको ढुङ्गामुढाका कारण सई उपेन्द्र साह सहित दर्जनौ सुरक्षाकर्मी घाईते भएका छन् । यसैगरी आन्दोलनकारी तर्फ नरेश पटेल सहित दर्जनभन्दा बढी घाईते भएको आन्दोलनका अगुवा पुर्वसभासद तथा मधेसी जनअधिकार फोरम नेपालका नेता प्रमोद गुप्ताले बताए ।
आन्दोलनकारीहरु कलैयाको बिभिन्न चोकमा टायर बालेर दिनभर प्रदर्शन गरेका थिए । आन्दोलनका कारण बजार, यातायात पुर्णरुपमा बन्द रहेको थियो । नापी कार्यालय, मालपोत कार्यालय, भुमिसुधार कार्यालय सहितका बिभिन्न सरकारी कार्यालय सिमरामा सार्ने निर्णयको बिरोधमा र कलैयाबाट बिगतको दिनमा बिस्थापि कर कार्यालय, बन कार्यालय, खाद्य संस्थान, सिचाई कार्यालयहरु पुन स्थापनाको माग गर्दै बारा उधोग बाणिज्य संघको नेतृत्वमा आन्दोलन भईरहेको छ । आफ्ना माग पुरा नहुन्जेल आन्दोलन जारी रहने आन्दोलनको नेतृत्व गरिरहेका बारा उधोग बाणिज्य संघका अध्यक्ष बिनोदप्रसाद साहले बताए ।
आन्दोलन उग्ररुप लिएपछि स्थानीय सर्वसधारण त्रसित भएका छन् । आन्दोलन शान्तिपुर्ण भएपनि प्रहरीको हस्तक्षेपले आन्दोलनकारीहरु आक्रोसित भएको एमाओबादीका नेता तथा आन्दोलनकारी मुकेस साहले बताए । सरकारले सडयन्त्र गरी बिगतको दिनमा बिभिन्न सरकारी कार्यालय कलैयामा सारेको र अहिले पनि त्यही नीति अनुसार कलैयामा रहेको सरकारी कार्यालय सार्न खोज्दा आन्दोलन गर्नुरेको बुद्धिजिवि तथा मधेसबादी नेता उमेशलाल दासले बताए । सरकारले मन्त्री परिषदको २०७१ साउन ९ गते र मन्त्रि परिषद प्रशासनिक समितिको आश्विन ३० को निर्णयले सदरमुकाम कलैयामा रहेका नापि मालपोत, भुमि सुधार कार्यालय सिमरामा सार्ने निर्णय गरेको थियो । विगतमा भएको यस्तै निर्णयका कारण स्थानिय वासिन्दाको बिरोधका कारण कार्यान्वयन भएको थिएन् । आन्दोलनको छैठो दिन शनिबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सभासद उमाकान्त चौधरी, एमाओबादीका सभासद डा. उषाकिरण अंसारी, लगायतकाले आन्दोलनप्रति समर्थन जनाउँदै आन्दोलनकारीको माग पुरा गर्न सरकारसंग आग्रह गरेका छन् ।
                                                                                                         -कलैयालाईभ

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्