लागुऔषधसहित दुई युवक पक्राउ, एक फरार
Advertise Here Book Now
लहान, फागुन ३– प्रहरीको टोलीले सिरहाको लहान नगरपालिकास्थित खुटी खोलाको बगरबाट आज लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले लागुऔषध कोरेक्ससहित लहान नगरपालिका–४ निवासी २७ वर्षीय देवकुमार पण्डित र सोही ठाउँका २८ वर्षीय बेचन मण्डललाई पक्राउ गरेको हो ।
खुटी खोलाको बगरमा शङ्कास्पद अवस्थामा भेटिएका दुवैजनालाई चेकजाँचका क्रममा उनीहरुको साथबाट लागुऔषध कोरेक्स भेटिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक चन्द्र राजवंशीले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।
यसैगरी, प्रहरीको गस्ती टोलीले लागुऔषध मुद्दामा २०६८ सालदेखि फरार रहेका सिरहाको इनरुवा गाविस–९ कल्याणपुर निवासी ४३ वर्षीय राजदेव यादवलाई गएराति पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले फरार यादवलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि आज सिरहा जिल्ला अदालतमा उपस्थित गराएको प्रहरी निरीक्षक राजवंशीले बताए ।