एमाओवादी नेतृत्वको ३० दलको भण्डाफोर कार्यक्रम सम्पन्न,राजनितिक प्रयोजनको लागी विद्यालय परिसर प्रयोग
Advertise Here Book Now
रंजन भण्डारी
जलेश्वर, माघ २९ गते ।
राजनैतिक प्रयोजनको लागी विद्यालयको प्रयोग गरिनु गैर जिम्मेवारीपुर्ण रहेको स्थानियको आरोप ।
महोत्तरीको क्षेत्र नं. १ बर्दिवास र क्षेत्र नं. ३ स्थित प्रकौलीमा एमाओवादी सहितको ३० दलिय मोर्चाले खवरदारी एवं भण्डाफोर कार्यक्रम सम्पन्न गरेको छ । क्षेत्र नं. १ बर्दिवासमा एनेकपा माओवादीको आयोजन र एमाओवादीका केन्द्रिय सचिव एवं सभासद गिरिराज मणि पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ भने क्षेत्र नं. ३ प्रकौली स्थित जानकी परिक्षण माध्यमिक विद्यालयको प्राड्डणमा मधेशी जनअधिकार फोरम गन्तान्त्रिक को आयोजना र वृषेशचन्द्रलाल कर्णको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
मधेशीको हक र अधिकारको लागी ३० दलिय मोर्चाले आर कि पार को लडाइ लडिरहेको र जित अवश्यनै मधेशको हुने आत्मविश्वास जनमानसमा बक्ताहरुले जगाएका छन । खसवादीहरुको समर्थनमा सत्तापक्षले जतिपनि प्रपञ्च रचेपनि त्यो कदापी सफल नहुने बक्ताहरुको भनाई रहेको थियो ।
बर्दिवासमा अखिल क्रान्तिकारी महिला संगठन कि केन्द्रिय सदस्य एवं एनेकपा माओवादी कि जिल्ला सदस्य शशिकला दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्र नं. एक कि सभासद निशा साह,एमाओवादीका केन्द्रिय सदस्य राजु खडका,तमलोपाका अभिराम शर्मा,तमसपाका नरेन्द्र यादव,फोरम नेपालका राम नरेश राय र एमाओवादी सुचना प्रमुख सत्येन्द्र यादव लगायतकाको सहभागितामा सम्पन्न भएको थियो ।
त्यसतै प्रकौलीमा सम्पन्न कार्यक्रममा मधेशी जनअधिकार फोरम नेपाल गणतान्त्रिकका क्षेत्र नं ३ का अध्यक्ष राम पुकार यादवको अध्यक्षता मा सम्पन्न भएको छ । कार्यक्रममा तमसपा का केन्द्रिय सदस्य ंसुरेश पाण्डेय, संघिय सदभावना पार्टीका केन्द्रिय सदस्य सुरेश सिंह,फोरम गणतान्त्रिकका केन्द्रिय सदस्य देवनन्दन राय एवं केन्द्रिय सचिव रविन्द्र ठाकुर,एमाओवादीका केन्द्रिय सल्लाहकार कलामुद्दिन राईन, क्षेत्र नं. ३ का उम्मेदवार राम आधार कापर एवं क्षेत्र नं. ५ का उम्मेदवार रजी हैदर ,रामसपाका बैकुण्ठ यादव एवं तमलोपाका इन्द्रराज सिंह (गुड मर्निड्ड¬) को विशेष उपस्थिति रहेको थियो भने विशेष अतिथिमा एमाओवादीका केन्द्रिय सदस्य एवं मधेश फोर्सका केन्द्रिय अध्यक्ष रामकुमार शर्माको उपस्थिति रहेको थियो ।
दुवै कार्यक्रम सफलता पुर्वक सम्पन्न भएपनि प्रकौलीमा भएको कार्यक्रम भने विवादास्पद रहेके स्थानियहरुले वताएका छन । स्थानिय जानकी परिक्षण विद्यालय जस्को प्राड्डणमा कार्यक्रम भएको हो त्यो कतिको उचित थियो त सवै राजनितिक दलहरुले राजनितिक प्रयोजनको लागी विद्यालय र त्यसको परिसर प्रयोग नगर्ने भन्ने सम्झौता पत्रमा हस्ताक्षर गर्दा समेत विद्यालय परिसरको प्रयोग गरिनु दुर्भाग्यपुर्ण भएको साथै विद्यालय व्यवस्थापन समितिको समेत त्यसमा त्यतीकै दोष रहेको स्थानियहरुले आरोप लगाएका छन । साताको दुईदिन बुधवार र शनिवार सोही ठाउमा लाग्ने गरेके बजारले विद्यालयको पठनपाठन मा प्रभाव पारिरहेको बेला राजनितिक दलको हस्तक्षेपले समेत विद्यालय अछुतो रहन सकेको थिएन ।
विद्यालयका प्रधानाध्यापक जितेन्द्र प्रसाद सिंहले भने सो परिसर विद्यालयको नभई अर्कैको भएको र कार्यक्रम संचालन वारे विद्यालयसंग नसोधिएको जनाएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकरु यादवसंग सम्पर्क हुन सकेन ।

फोटाे साभार वृषेशचन्द्रलाल कर्ण जी काे फेसवुक पेजबाट