लागुऔषध दुर्व्यसनी बिरुद्धको सचेतना अभियान
Advertise Here Book Now

मोरङ, ३ चैत । लागुऔषध दुर्व्यसनी बिरुद्धको सचेतना अभियान अन्तरगत सोमबार प्रहरीले झापाको भद्रपुर र मोरङको रानीमा लागुऔषध दुर्व्यसनीहरुलाई चेतनामूलक प्रशिक्षण दिएको छ ।

इलाका प्रहरी कार्यालय रानीले सोमबार भारतको जोगबनी नाका र वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नाका हुँदै भारतीय बजारमा लागुऔषध सेवन गरी फर्केका १ महिला र २९ जना पुरुषलाई प्रशिक्षण दिई आफन्तको जिम्मा लगाएको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ओमप्रकाश खनाल र वडा प्रहरी कार्यलय भद्रपुरका प्रहरी निरीक्षक राकेश कुमार पोदारले आ-आफ्नो कार्यालयमा जम्मा गरी अभिवावकको रोहबरमा प्रशिक्षण दिनुका साथै लागुऔषधको कुलत छुटाउनका लागि अभिवावकलाई सचेत हुन सुझाव दिएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्