पारसले गरे दरबार हत्याकाण्डको खुलासा
Advertise Here Book Now

ऑनलाइन सिरहा डट कम चैत २१/लामो जेलजीवनपछि पूर्वयुवराज पारस शाह नेपाल आयका  छन् । नेपाल आउनुअघि उनले दरबार हत्याकाण्डबारे नयाँ खुलासा गरेका थिय  । थाईल्याण्डको लुङ्खाई सुधार गृहबाट मुक्त गरिएका पूर्वयुवराज शाहले दरबार हत्याकाण्ड विदेशी शक्ति केन्द्र र केही नेपाली नेताहरुको सहयोगमा घटाइएको दाबी गरेका छन् ।

साझापोस्ट प्रतिनिधिसँग थाईल्याण्डको लुङ्खाई सुधार गृहमा भएको भेटघाटमा उनले भने, ‘हो, हाम्रो विगतको गतिविधि, चरित्र र कार्यशैलीले हामीलाई धेरैले दोषारोपण गरे,’ उनले अगाडि थपे, ‘तर म दावीका साथ भन्न सक्छु दरबार हत्याकाण्ड केही नेपाली नेताहरुको मिलेमतोमा विदेशी शक्ति केन्द्रले गरेको हो ।’

घुमाएर ‘रअ’तिर संकेत
उनले नेपाली राजनीतिज्ञ र विदेशी शक्तिको बारेमा स्पष्ट भने पार्न चाहेनन् । घुमाउरो शैलीमा भारतीय गुप्तचर संस्था ‘रअ’तर्फ लक्षित गर्दै उनले भने, ‘हाम्रो परिवार भिक्टिम (शिकार) मात्र भएको हो ।’
दरबार हत्याकाण्डलाई स्मरण गर्दै उनले भने, ‘हाम्रो परिवारलाई आरोप लगाउनेलाई पाप लाग्छ ।’ उनले दरबार हत्याकाण्डबारे आफ्नो परिवारलाई लगाइने आरोपबारे दुःख व्यक्त गरे ।

हिमानीले भेटेकी थिइन् पारसलाई
केही समयअघि थाइल्याण्ड गएकी हिमानी शाहले पारसलाई भेटेको बारेमा विभिन्न अड्कलबाजीहरु गरिए । तर लुङ्खाईमा महिलालाई बुधबार मात्र भेट्न दिइने भएकोले हिमानीले बुधबार नै समय मिलाएर पारसलाई भेटेको उनका निकटस्थहरुले दावी गरेका छन् ।
चाङमाईबाट लुङ्घाईसम्म हिमानीलाई पुर्‍याउन सहयोग गरेका उनीहरुले भने, ‘नेपाली मिडियाहरु हचुवाको भरमा समाचार बनाउँछन् ।’

मन परेको छैन पूर्वराजाको कार्यशैली
पूर्वयुवराज पारसले थाइल्याण्डमा आफ्ना निकटस्थसँगको भेटघाटमा आफूले परिवारको सहयोग नपाएको गुनासो गर्ने गरेका छन् । परिवारले सहयोग गरेको भए आफ्नो यो अवस्था नहुने उनको दुःखेसो रहने गरेको छ ।
उनले खुलेरै भन्ने गरेका छन्, ‘बुवा महाराजको कार्यशैलीले नै हामीलाई यहाँसम्म ल्याइपुर्‍यायो ।’

सम्बन्ध छैन थाई प्रेमिकासँग
थाई प्रेमिकासँग सम्बन्ध बाक्लिएपछि हिमानीसँग सम्बन्ध पातलिएको विगत अब विगत मात्रै बनेको छ । अहिले आफ्नो थाई प्रेमिकासँग कुनै सम्बन्ध नरहेको पारस स्वयमले स्वीकार्ने गरेका छन् । यद्यपि आक्कलझुक्कल उनी आफ्नी पूर्व प्रेमिकालाई भेट्न जाने गरेको उनका निकटस्थहरु दावी गर्दछन् ।

दौरा सुरुवाल र ढाका टोपी लगाएका ५० युवासँग आउने योजना
यसअघि शुक्रबार मात्र नेपाल आउने योजनामा रहेका पारसले आफ्ना सहयोगी र साथीहरुसँग मिलेर नेपाली झण्डा अंकित नेपाल एअरलाइन्समा नेपाल फर्कन चाहेका थिए । उनले आफ्नो योजनाबारे बताउँदै भने, ‘५० जना नेपाली युवाहरु दौरा सुरुवाल र ढाका टोपीमा सजिएर नेपाल एअरलाइन्समा सुवर्णभूमिसम्म आउँनेछन् ।’ उनले तिनै युवाहरुसँग सुवर्णभूमि एअरपोर्टबाटै शुक्रबार नेपाल फर्कने योजना बनाएका थिए ।
‘तर आर्थिक अभाव छ । हेरौं के हुन्छ,’ उनले आफ्नो योजनाको अनिश्चिता प्रकट गरेका थिए । यद्यपी पारस थाइ एयरको विमानबाट बिहीबार स्वदेश फर्किएका छन् । आफ्नो परिवारले नै आफूलाई देशमा बस्न नदिएको पारसको बुझाई सही भएमा उनको नेपाल आगमन केही समय पछि सर्न पनि सक्ने उनका निकटस्थहरुको बुझाई छ ।

फेरिएका छन् सहयोगीहरु
थाइल्याण्डमा व्यावसाय गरिरहेका सुनिल खड्का र सुमन अधिकारीले विगतमा सक्दो सहयोग गरेका थिए पारसलाई । रकम जुटाउनेदेखि खबर आदानप्रदान गर्ने कामसम्म उनीहरुले गरेका थिए ।
उनका निकटस्थहरुले भन्छन्, ‘तर अहिले उनीहरुको सहयोग पातलिएको छ । यो स्वभाविक पनि हो ।’ स्रोत भन्छ,, ‘अहिले थाइल्याण्ड सिंगापुरबाट कोरिया र जापानसम्म गार्मेन्टका सामान सप्लाई गर्ने एकजना पूर्वी नेपालका घले दाइले पारसलाई राम्रो सहयोग गरिरहेका छन् ।’

युवासँग मिलेर देश बनाउने सपना पारसले सुधारगृहभित्रैबाट आफ्नो सपना सुनाए, ‘म नेपाली युवाहरुसँग सहकार्य गरेर अगाडि बढ्न चाहन्छु ।’ उनले युवाहरुसँग टिम बनाएर राष्ट्रको लागि केही गर्ने योजना बुन्न थालेका छन् । नेपाल फर्कनासाथ यो कामलाई अगाडि बढाइहाल्ने उनको योजना छ । उनले आफ्नो विश्वास बाँडे, ‘देश बनाउन नयाँ पुस्ता अगाडि आउनुपर्छ । देशको उन्नतिको लागि मिलेर अगाडि बढ्दा केही गर्न पक्कै सकिएला ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्