Advertise Here Book Now

सिरहामा पुलको सिलान्यास ।
ऑनलाइन सिरहा डट कम /राम नारायण पंडित, सिरहा, २१ चैत्र ।

सिरहाको कल्याणपुर कालावंजरमा शनिबार एक कार्यक्रमकोबिच पुलको

शिलान्यास गरिएको छ । एमाओवादीका समानुपातिक सभासद अजय शंकर

नायक (अबिनाश) पुलको शिलान्यास गरेका हुन । गरिवी निवारण कोष

काठमाण्डांै र ग्रामिण विकास केन्द्र गौताडीको संयुक्त

सहयोगमा पुल निर्माण गर्ने काम सुरु गरिएको गरिबी निवारण

कोषका कार्यक्रम संयोजक अनिल साहले जानकारी दिए । कुल बजेट

१३ लाख ४१ हजार ७५ रुपैयाको लागतमा पुल निर्माण हुने साहले

बताए । पुल निर्माण भएपछि स्थानिय कृषकहरुलाई लाभ हुने

अनुमान गरिएको छ । कार्यक्रममा उपस्थित सभासद नायक वर्तमान सरकार

आफुहरुको पेलेर जान खोजेकोले  आन्दोलनको विकल्प नरहेको

बताए । साथे उहाँले माओवादी भित्र एकताको आबश्यकता भएको

समेत दावी गरे । शिलान्यास कार्यक्रममा स्थानियबासी, राजनितिकर्मी,

बुद्धिजिबि, पत्रकार लगायत बिभिन्न बर्गका ब्यक्तिहरुको उल्लखनिय

सहभागिता रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्