मधेशको ग्रामिणक्षेत्रबाट पनि राहत संकलन, शहरबजारमा टेन्ट गाडेर अभियान
Advertise Here Book Now

लहान । भूकम्प पीडितहरुको लागि मधेशमा शहरबजार केन्द्रीत राहत संकलन
मात्रै नभई ग्रामिणक्षेत्रमा पनि संघसंस्थाहरुले अभियान चलाउंन थालेको छ
। लहानका मानव अधिकार संजालले आज ग्रामिणक्षेत्रबाट ट्रक हरियो सागसब्जी
एवं तरकारी संकलन गरी काठमाण्डौं पठाइएको छ भने रक्तदान कार्यक्रमहरु
समेत चलाउंन लागेको छ । लहानको चौक चौकमा टेन्ट गाडेर संघसंस्थाले राहत
संकलन गरिरहका छन् । नेवि संघ सिरहाले लहानको बाख्रा बजारमा टेन्ट गाडेर
राहत संकलन गरिरहेको छ भने सो राहत दोलखा पठाउंने संघका केन्द्रीय सदस्य
मनोज कोइरालाले जानकारी गराएका छन् । संघका सिरहा जिल्ला अध्यक्ष
प्रमेश्वर साह, गौरी चौधरीलगायतको विशेष सक्रियतामा सो राहत संकलन
भइरहेको छ । उता, गोलबजारका स्थानीय युवाहरु मिलेर भुकम्प पीडितलाई
बिभिन्न पब्लिक बसबाट भुजा, दालमोट ,चिउरा र पानिको बोतल लगायात उपयोगी
समान पठाएका छन् ।

यस्तै लाहान सिटी जेसिज र प्याबसन सिरहाले फेरी राहत पठाइएको
जानकारीमा आएको छ । सो राहत सिन्धुपाल्चोक का भुकम्प पीडितको लागि
पठाइएको हो । यसैक्रममा नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टिभ एसोशिएन
लहान सिरहाले यहां श्रद्धाञ्जली कार्यक्रम गरेको केशव बर्मा बताएका छन् ।
अरु संघसंस्थाले राहत संकलन गरी पठाइसकेको र पठाउंने कार्य जारी रहेको
बेला जिल्ला उद्योग वाणिज्य लहानले पनि राहत संकलन गर्न थालिएको छ ।विपी
राजमार्ग यातायात सेवा समितिले पनि भोली काठमाडौंबाट जनकपुरसम्म २० वटा
टाटा सुमो निःशुल्क सञ्चालन गर्ने भएको छ । विपत्मा परेका नागरिकको
सहयोगको लगि एक दिन निःशुल्क सेवा दिन लागिएको समितिका अध्यक्ष युवराज
श्रेष्ठ आकाशले जानकारी दिनुभयो ।

यसैगरी, भूकम्पमा परी घर पूर्णरुपमा क्षतिग्रस्त भएका धादिड्ढको
जिल्लाको पीडितहरुका लागि आज सगरमाथा टेलिभिजन व्योरो कार्यालय विरगंज
एंवम् युवा सहयोगी केन्द्र नेपाल बाराले राहत सामाम्री वितरण गरिएको छ ।
धादिड्ढको जिल्लाको केवल गा.वि.समा पीडितहरुका लागि सो सामाम्री वितरण
गरिएको हो । सगरमाथा टेलिभिजन विरगंजको संवादाता अविद हुसैनको विशेष
उपस्थीतीमा २५० कार्टुन पानी, १५५ कार्टुन चाउ चाउ, ५० बोरा चिउरा, ६
बोरा भुजा, ३ कार्टुन जुस र ४० कार्टुन बिस्कुट लगायतका सामाग्री वितरण
गरिएको हो । सो अवसरमा असलम देवान, अब्दुल गन्नी, सब्दर हुसौनको पनि
उपस्थीती रहेको थियो ।

यस्तै, इन्डो नेपाल चेम्बर अफ कर्मसद्वारा आज भुकम्प पिडितका लागि
सहयोग स्वरुप रक्तदान कार्यक्रम समपन्न गरेको छ । इन्डो नेपालका अध्यक्ष
राजकुमार गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा ईन्डो नेपाल चेम्बर
अफ कर्मशका नेपाल प्रभारी मुकेश सरावगी,केन्द्रिय सदस्य निजामोदिन
समानी,संरक्षक संजय रौनियार,महासचिव कृष्ण प्रसाद,मधेसी पत्रकार समाज
पर्साका अध्यक्ष संतोष पटेल लगायतको सहभागिता रहेको थियो । रक्तदान
कार्यक्रममा राजकुमार गुप्ता,संजय रौनियार,राकेश पाल,संजिव गुप्ता,संजय
कुशवाहा,जगत प्रसाद,साह,एम.डी मोसिन आलम,राजेश श्रेष्ठ,अबिनास
मण्डल,धर्मेन्द्र पटेल,श्यामबाबु साह,जगदिश अग्रवाल,मन्जीत तिवारी,खुशी
आलम लगायत ३५ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमको वीरगंज
स्थित रिर्सभ मोर्टस अर्थात बजाज शो रुमले सौजन्य गरेको थियो ।

उता, धनुषाका पत्रकार अजय साहका अनुसार जानकी यातायात सेवा प्रालि
बर्दिबासले भूकम्प पीडित नागरिकको सहयोगार्थ आज २५ वटा टाटा सुमो
निःशुल्क सञ्चालन गरेको छ । राष्ट्रिय विपत् परेको बेला काठमाडौं जान र
काठमाडौंबाट घर फर्कन नपाएर अलपत्र परेका नागरिकलाई थोरै भए पनि राहत
होस् भन्ने उद्देश्यले निःशुल्क सेवा दिइएको समितिका अध्यक्ष हर्कबहादुर
तामाङ्ले जानकारी दिनुभयो । महोत्तरीको बर्दिबासबाट आज विहान ७ बजे
काठमाडौंको लागि छुटेका टाटासुमो आजै दिउँसो २ बजे काठमाडौंबाट यात्रु
लिएर बर्दिबास फर्कनेछन् । काठमाडौंबाट विपी राजमार्ग हुँदै बर्दिबाससम्म
जान चाहने यात्रुले दिउँसो कोटेश्वरमा सम्पर्क गर्न पनि समितिले आग्रह
गरेको छ । त्यसको लागि अध्यक्ष तामाङ्को मोवाइल नम्बर ९८४४१४०९७३ मा
सम्पर्क गर्न सकिने छ । सकेसम्म महिला, बालबालिका, असहाय बृद्ध, अपाङ्ग
तथा खर्च नभएर अलपत्र परेका निमुखा नागरिलाई सेवामा प्राथमिकता दिईने
अध्यक्ष तामाङ्ले बताउनुभयो । यता, गत शनिवार नेपालमा गएको
महाबिनासकारी भुकम्पबाट पीडितहरुको लागि सहयोगार्थ भारतको कर्नाटक दवान
ग्रीनमा अध्यनरत नेपाली बिद्यार्थीहरुले राहत संकलन कार्य शुरु गरेको छ ।
नेपालका बिभिन्न जिल्लाबाट अध्यनका लागि गएका बिद्यार्थीहरु भुकम्प
पीडितहरुका सहयोगका लागि राहत संकलन गरेको हो ।

भारतको कर्नाटक दवान ग्रीनमा रहेको बापुजी ग्रुप इष्टिच्युटमा एमबिए,
बिबिए, बिसीए लगायतका अध्यनरत बिद्याथीहरुले राहत संकलन गरेको सप्तरीबाट
त्यँहा अध्यनका लागि गएका सप्तरीको राजविराज नगरपालिका–४ निवासी रबी
रजकले जनकारी दिनुभयो । रजकका अनुसार सो ठाउँको बिभिन्न शहरबाट एक दिनमा
करिब रु. ३५ हजार भारतीय रकम राहत संकलन भएको बताउँनुभयो ।
संकल भएका राहत क्यामप्सले प्नजाव नेश्नल बैकद्धारा राहत नेपाल पठाइने
जानकारी गराइएको छ । त्यहाँका अध्यनरत अन्य नेपाली बिद्याथीहरुले समेत
राहत संकलनमा जुटेका छन । (मधेश मिडिया मिशन नेपाल लहान—राहतवारे
समाचारको लागि dpguptta@gmail.com मो ९८४२८२४६४०)

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्