भारतीय मिडियको अतिरञ्जनापूर्ण प्रशारण विरुद्धमा उठे नेपाली सञ्चारकर्मीहरु
Advertise Here Book Now

काठमाडौं, वैशाख२० । गत शनिबारको विनासकारी भुकम्पबाट मुलुक महाविपत्तिमा
परेको बेला छिमेकी लगायत सबै राष्ट्रहरूले गरेको सहयोग स्वागत योग्य छ ।
भुकम्पको पराकम्पनहरू जाँदै गर्ने, विपतमा परेका नेपालीको मनमा भने केही
आँच पुग्ने काम भयो । मुलतः छिमेकी मुलुक भारतका सेना र मिडियाको
अतिरञ्जनापूर्ण समाचारले नेपालीको दुःखेको घाउमा मलम नभई नुनचुक छर्कने
काम भयो । महाविपतमा राज्यको सबै ठाउँमा आँखा पुग्न सकेन । यो विपतको
सामना कसरी गर्ने भने विषयमा राज्य केन्द्रित रह्यो । राज्यको केही
कमजोरीको फाइदा उठाउँदै विपतका समाचारलाई अतिरञ्जना, भयावह बनाउँदा
अन्र्तराष्ट्रिय क्षेत्रमा नेपाललाई बदनाम गराउने काममा भारतीय मिडिया
उद्धत देखिए ।

भारतीय मिडियाको समाचारबाट आजि सचेत कलाकारहरूले शनिबार राजधानीमा मौण
जुलुश नै निकाले । असल छिमेकीका नाताले भारतीय मिडियाको गैर
जिम्मेवारीपूर्ण समाचारले विदेशमा रहने नेपालीलाई समेत थप पीडामा पार्ने
काम भयो । प्रलयकारी भूकम्प गएको एक सातापछि लगभग जनजीवन सामान्यतर्पm
गइसकेको छ । राज्यले आफ्नो काम प्रभावकारी बनाउँदै गएको छ । 'भारतीय
सेनाले केही राम्रो काम गरे । उद्धार गरेर बाँचेकाले भगवान तिमी नै हौं
भनेर धन्यवाद दिन समेत बञ्चित ग¥यो भारतीय मिडियाले नै', भारतीय
मिडियालाई नजिकबाट हेरिरहेका एक वरिष्ठ पत्रकारले भने– 'भारतीय सेनाले
केही मिडियालाई बोकेर लियो । ती मिडियाहरु भारतीय सेनाकै मुख बनेर समाचार
बनाए । यो विपतमा भारतीय मिडिया पुरै गैर जिम्मेवार देखियो ।' नेपाली
सञ्चारकर्मीहरूको छाता संगठन नेपाल पत्रकार महासंघका अध्यक्ष डा.
महेन्द्र विष्टले प्रेस स्वतन्त्रता दिवस मे ३ को सन्देशबाटै भारतीय
मिडियाको आलोचना गरेका छन् । 'यो बेला अत्यन्तै जोखिमका बीच पनि
मिडियाकर्मीहरूले जसरी आफ्नो दायित्व पूरा गरिरहनुभएको छ, त्यो प्रशंसनीय
छ । यस्तो घडीमा हामीले अझ बढी जिम्मेवार र उत्तरदायित्वपूर्ण ढंगले काम
गर्नुपर्ने खाँचो छ । विभत्स दृश्य, नकारात्मक सन्देश र अतिरञ्जनापूर्ण
प्रस्तुति हुन नपाउन् भनेर थप होसियारी अपनाउनुपर्ने खाँचो छ', सन्देशमा
अध्यक्ष विष्टले भनेका छन् । नेपाल र नेपालीमा परेको यो महाविपत्तिप्रति
अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त सहयोग र अन्तर्राष्ट्रिय मिडिया
जगत्को ऐक्यवद्धताले हामीलाई सान्त्वना मिलेको सन्देशमा उल्लेख छ ।

'कतिपय विदेशी मिडियाबाट पीडाको यस घडीमा जसरी नेपालको सार्वभौमिकता,
पत्रकारिताको धर्म र मानवीयताको खिल्ली उडाउँदै थप पीडा दिने काम भएको छ,
हामी त्यसबाट मर्माहत भएका छौं', विष्टको सन्देशमा भनिएको छ– 'खासगरी
केही भारतीय मिडियाको अफवाह, अतिरञ्जना र संवेदनाहीन प्रस्तुतिप्रति खेद
छ । यस सन्दर्भमा मुलुकका जिम्मेवार निकाय र अन्तर्राष्ट्रिय मिडिया
जगत्को हामी गम्भीर ध्यानकर्षण गराउन चाहन्छौं ।' भारतीय मिडियाको
अफवाहलाई कसले रोक्ने र अनुगमन गर्ने बारे जिज्ञासामा प्रेस काउन्सिलका
अध्यक्ष वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की सम्बन्धित मन्त्रालयले
अनुगमन गर्नुपर्ने बताए । एभरेष्टदैनिक डटकमसँग कार्कीले भने– 'भारतीय
मिडियाले यो विपतको घडीमा नेपाली सार्वभौममाथि खिल्ली उडाउँदै समाचार
प्रशारण गरिहेको छ ।
यसले पीडामाथि थप पीडा थप्ने काम गरेको छ । यसको अनुगमन सञ्चार
मन्त्रालयले गर्नुपर्ने हो । काउन्सिललाई कुनै क्षेत्राधिकार छैन ।'
सूचना तथा संचार मन्त्रालयले शुक्रबार समाचार जिम्मेवार ढंगले प्रशारण
तथा प्रकाशन गर्न अपील गरेको छ । यद्यपी त्यसलाई भारतीय च्यानलहरुले
बेवास्ता गरिरहेका छन् । नेपाली सञ्चारगृहहरू पालमुनि बसेर आफ्नो देशमाथि
आइपरेको महाविपत्तिलाई सामना गर्न महत्वपूर्ण भूमिका यतिबेला स्वागत
योग्य देखिन्छ । विपतमा सहयोग गर्ने वाहनामा भारतीय मिडियाले जुन अफवाह
पैmल्याउने काम गरेको छ यसले दुई छिमेकीको सम्बन्धलाई सुमधुर भन्दा
अविश्वासको पैदा गर्नेछ । -

--
Manager :
www.onlinesiraha.com
www.facebook.com/onlinesiraha

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्