आमिर खानका कारण आमा र पत्निलाई टेन्सन
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम ११ जेठ /एजेन्सी ।बलिउडमा ‘मिस्टर परफेक्शनिस्ट’ भनेर पनि चिनिने अभिनेता आमिर खानले आफ्ना कारण पत्नि र आमालाई टेन्सन हुने गरेको खुलासा गरेका छन् ।
आफूलाई फिल्ममा अभिनय गर्न शरीरको बजन घटाउने र बढाउने गर्नु पर्ने भएका कारण शरीरलाई लिएर आमा र पत्निलाई टेन्सन हुने गरेको उनले बताए ।
amir1
आमिरले यतिबेला नयाँ चलचित्र ‘दंगल’ का लागि शरीरको तौल बढाइरहेका छन् । उनलाई फिल्ममा कुश्तीबाजको भूमिका गर्नु पर्ने भएकाले शरीरको तौल ९५ किलोग्राम बनाइसकेका छन् ।
तर छोराको स्वास्थ्यका लागि आमिरकी आमा र पतिको लागि पत्नि तनावमा रहेको आमिरले आफै खुलासा गरेका छन् ।
amir khan fat
उनले भनेका छन्ः मेरी आमा र पत्निलाई लागिरहेको छ कि मैले स्वास्थ्यसँग खेलवाड गरिरहेको छु । खासमा मलाई पनि यस्तै लागिरहेको छ ।’
फिल्म सकेपछि भने आफूले आधा भन्दा बढी वजन कम गर्ने आमिरले बताएका छन् । आमिरको फिल्म यो वर्षको अन्त्य सम्ममा सकिने छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्