लुटपाटको आरोपमा युवक पक्राउ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम १२ जेष्ठ सिरहा,

राम नारायण पंडित, लुटपाट गर्न प्रयास गरेको अभियोगमा एक युवालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहा लक्ष्मीपुर –३ बस्ने करिव २५ वर्षिय उमेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । विष्णुपुर स्थित
आइएमई शाखा रहित बैंकका प्रोपराइटर शिवरायण यादवको रकम लुट्ने प्रयास गरेको आरोपमा यादवलाई प्रहरीले सोमबार राती विष्णुराबाट विशेष सुराकिको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बिष्णपुरके प्रहरी नायब निरिक्षक बिमल निरौलाले जनाएको छ । यादव सहित दुईजनाको समूहले गत माघ २५ गते बंैकको लागि राष्ट्रिय वाणिज्य बैंक शाखा सिरहाबाट १५ लाख ५० हजार रुपैयाँ लिएर आईरहेको वेलामा चोहर्वा सिरहा सडक खण्डको लक्ष्मीपुरमा लुट्ने प्रयास गरेको थियो । मोटरसाइकलमा आईरहेको शिवनारायणलाई पछाडीवाट यादब पल्सर मोटरसाइकलले ठोकी रकम  लुट्ने प्रयास गरेको थियो । पक्राउ
परेका यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिए । लुटपाट गर्ने क्रममा घाइते भएका शिब नारायणको विराटनगरमा उपचारपछि घर
ल्याएको उहाँका छोरा कुशेश्वर यादवले जानकारी दिए ।

,

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्