चीनले भारतलाई दियो कडा जवाफः भारतले तोकेको सीमा रेखा मानिदैन
Advertise Here Book Now


ऑनलाइन सिरहा डटकम १२ जेठ /चीनले भारतलाई दियो कडा जवाफः भारतले तोकेको सीमा रेखा मानिदैन
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणको एक सातापछि चीनले भारतले प्रस्ताव गरेको सीमा रेखा नमान्ने बताएको छ ।

भारत चीनको सीमा रेखा भनिएको म्याकमोहन रेखालाई मान्यता नदिने बताएको चीनले दुई पक्षीय सीमा विवादका विषयमा खुला छलफल गर्न सकिने बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियङले चीन र भारतबिचको पूर्वी खण्डको सीमा रेखाबारे बेइजिङको अडान कामय रहेको बताउँदै । अरुणाचल प्रदेशमा चीनको दावी दोहोर्‍याउँदै उनले भारतले प्रस्ताव गरेको सीमा रेखा मान्य नभएको बताएकी हुन् ।

चीनले म्याकमोहन रेखालाई मान्यता नदिने र यो अवैध भएको उनले बताइन् । चीन भारत सीमा वार्तामा भारतका विशेष प्रतिनिधी रहेका डोभालको प्रस्तावप्रति प्रतिक्रिया जनाउँदै उनले अरुणाचल प्रदेशको विषयमा भारतीय धारणाप्रति गम्भिर असन्तुष्टि जनाएकी हुन् ।

सन् १९१४ मा तत्कालीन ब्रिटिस इण्डिया सरकारले चीन र भारतबीचको हिमाली सीमा रेखा तय गर्दै त्यसलाई हेनरी म्याकमोहनको नामबाट म्याकमोहन रेखा राखेको थियो । चीनले त्यसलाई मान्यता दिएको छैन ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्