योगगुरु रामदेवले बनाए छोरा जन्माउने औषधि
Advertise Here Book Now

नयाँ दिल्ली, १८ वैशाख । भारतीय चर्चित योगगुरु बाबा रामदेवले आफ्नो
औषधिको बचाउ गर्नुभएको छ । बाबा रामदेवको प्रत्यक्ष सम्लग्नताको
कम्पनीद्वारा निर्मित एक औषधिको बारेमा शुक्रबार उहाँले पत्रकार सम्मेलन
गरी उक्त औषधिको बचाउ गर्नुभएको हो ।

दिव्य पुत्रजिवक बिज नामको सो औषधि छोरा जन्माउने बिजका रुपमा बनाइएको र
सोही प्रयोजनका लागि प्रयोगमा ल्याइने गरेको आरोप लगाइएपछि उहाँले सो
औषधिको बचाउ गर्नुभएको हो ।

उहाँले उक्त औषधिको बचाउ गर्दै त्यस्तो काम सम्भव हुन नसक्ने भन्दै
बाँझोपन हटाउनका लागि मात्र त्यसको प्रयोग गर्न सकिने उहाँले स्पष्ट
गर्नुभएको छ । उहाँको भनाई थियो त्यस औषधि बालबच्चा नभएका र बाँझोपन भएको
व्यक्तिले सो औषधिको सेवन गर्नसक्ने र सोही रुपमा नै बनाइएको हो ।

उक्त आयुर्वेदिक औषधिको सेवनले महिलालाई छोरा जन्माउन सघाउने र सोही
बमोजिम निर्माण गरिएको भन्दै यसले भारतमा हालैका दिनमा जारी रहेका महिला
हिंसाका घटनामा सघाउने आरोप विभिन्न दलका सभासद्हरुले लगाएका थिए ।

सो कारण छोराको चाहनाका कारण भू्रण हत्यागर्ने गरिएको भारतीय समाजमा यस
औषधिले झन नराम्रो अवस्थाको सिर्जना गर्नसक्ने भन्दै त्यसको विरोधमा
भारतीय विपक्षी सांसद्हरुले संसदमा नै होहल्ला र विरोध गरेका थिए ।

संसदमा यस्तो परिस्थिति आएपछि भारतीय स्वास्थ्यमन्त्री जगतप्रसाद
नाड्डाले त्यस औषधिको अनुसन्धान गर्ने र यदि त्यस्तो पाइएमा कारबाही
गरिने जानकारी दिनुभयो ।नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा बाबा
रामदेवले भन्नुभयो- यस औषधिमा लिङ्गका आधारमा बच्चा जन्माउने अथवा
छोरामात्र जन्माउने गरी मात्रा मिलाइएको भनेर गरिएको हल्ला निराधार हो र
त्यो सम्भव पनि छैन ।

साथै उहाँले यदि नामका कारणले लैङ्गिक विभेद भयो भन्ने लाग्छ भने यसको
नाम पनि हालको स्टक सकिएपछि आगामी दिनमा फेर्न सकिने उहाँले भन्नुभयो ।

गएको आमनिर्वाचनमा भारतीय जनता पार्टीको सहयोगमा बाबा रामदेवले अभियान नै
सञ्चालन गर्नुभएको थियो । सोही कारणले पनि विपक्षी नेता तथा
कार्यकर्ताहरुले उहाँले विरोध गर्ने गरेका छन् ।

त्यसपछिका दिनहरुमा विपक्षी दलका सभासद्हरुले संसदमा नै बाबा रामदेवका
विपक्षमा विभिन्न खाले हल्ला एवम् दोषारोपण गर्ने गरेका बताइन्छ ।
रासस/एएफपी

--
Manager :
www.onlinesiraha.com
www.facebook.com/onlinesiraha

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्