सप्तरीमा अनियन्त्रीत राहत संकलन, स्थानिय प्रशासन मौन राहत संकलन, व्यवस्थीत गर्न सर्वसाधारणको माग
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम १२ जेठ/विनाशकारी महा भुकम्पका कारण सिंगो मुलुकनै अक्रान्त रहेका वेला विभिन्न राजनीतिक दल, संघ संस्था तथा समुहरुले थालेको छुट्टा–छुट्टै राहत संकलन कार्यले सर्बसाधारण सप्तरीबासि हैरान भएका छन् । सदरमुकाम राजविराज देखि विभिन्न ग्रामिण क्षेत्रमा समेत राहत संकलन गर्ने समुहहरु सक्रिय देखिएका छन् । ‘विपद्का वेला संकटमा परेकाहरुलाई सहयोग गर्नु कदापि नराम्रो कार्य होईनन्, यद्यपी राहत संकलन कार्यलाई व्यवस्थीत पार्नुका साथै यसको सदुपयोग हुनुपर्छ’, अवकास प्राप्त प्रधानाध्यापक अमरनाथ झाले भने, ‘राहत संकलनमा जुटेका अभियानकर्मीहरुका साथै स्थानिय प्रशासनलाई समेत यस प्रति चनाखो बस्नु पर्ने खाँचो छ ।’
त्यसोत विहिवारै जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवको अध्यक्षतामा बसेको बैठकले राहत संकलनका लागि मापदण्ड तयार गरिएको थियो । तर उक्त मापदण्डको उपहास गर्दै बैठकमै सहभागि कतिपय राजनीतिक दल तथा संघ संस्थाहरुले आफु खुशि जताततै राहत संकलन कार्य थालेका हुन् ।
विहिवारको बैठकले राजनीतिक दलले राहत संकलन गर्दा जिल्ला प्रशासन कार्यालयमा यसवारे जानकारी दिएर राहत संकलन गर्ने, बाँकि अन्य संघ संस्थाले राहत संकलन गर्दा सप्तरी उद्योग बाणिज्य संघलाई छाता संस्था मानेर राहत उठाउने निर्णय गरिएको थियो ।
यसका अतिरीक्त जिल्लाभरीवाट उठाईएको राहत रकम सकभर एकै ठाउँमा राखेर भुकम्प पिडितहरुलाई वुझाउने निर्णय समेत गरीएको थियो । तर हाल आएर विभिन्न राजनीतिक दलहरुले आफ्नो केन्द्रीय निर्णय भनेर छुट्टा छुट्टै राहत संकलन कार्य थालेका छन् भने अन्य संघ संस्थाहरुले समेत उद्योग वाणिज्य संघलाई बाईपास गर्दै आफुखुशि राहत संकल कार्य थालेका हुन् ।
हाल सप्तरी उद्योग बाणिज्य संघको समन्वयमा आधा दर्जन वढि संघ संस्थाहरुले सामुहिक रुपमै राहत संकलन कार्यमा थालेको अतिरीक्त नेकपा एमाले जिल्ला कमिटि, नेकपा एमाले क्षेत्रीय समितिहरु, संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा, नेपाल परिवार दल, बेरियर विकास समाज कञ्चनपुर, कञ्चन मिडिया सेन्टर लगायतका राजनीतिक दल तथा संघ संस्थाहरु सक्रिय देखिएका छन् ।
‘हामिले त जिल्ला दैवि प्रकोप उद्धार समिति, स्थानिय प्रशासन तथा सप्तरी उद्योग वाणिज्य संघको समन्वयमा जिल्ला भरी राहत संकलन गरी सकभर एकै ठाउँमा राखेर पठाउन सेचेका थियौ, तर यस्तो हुन सकेन’, सप्तरीका प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले भने, ‘राजनीतिक दलहरु केन्द्रकै निर्णय भने छुट्टा–छुट्टै राहत संकलन गरीरहेका छन्, संघ संस्थाहरुको एक आपसमा समन्वय देखिदैन ।’
यता उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधानले समेत दर्जनौ संघ संस्था तथा समुहहरु राहत संकलन कार्य गरिरहेको भएपनि आफुहरुसँग कुनै समन्वय नरहेको जानकारी गराए । जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकका वेला विभिन्न निर्णयहरु गरेपनि उक्त निर्णय कार्यान्वयका लागि समेत स्थानिय प्रशासनवाट खासै पहल हुन नसकेको उनको भनाई छ ।
सप्तरी उद्योग बाणिज्य संघको अगुवाईमा राजविराज नगरपालिका क्षेत्रमा थालिएको राहत संकलन कार्यमा सप्तरी ईटा व्यवसायी संघ, राजविराज जेसिज, नेपाल रेडक्रस सोसाइटी, निर्माण व्यवसायी संघ, मारबाडी युवक परिषद्, पेट्रोलियम डिलर्स एशोसिएशन, सगरमाथा ट्रक ढुवानी व्यवसायी समिति, सगरमाथा यातायात व्यवसायी संघ लगायतका संस्थाहरुले संयुक्त रुपमा राहत संकलन कार्य थालिएको प्रधानले जानकारी गराए ।
यता राजनीतिक दल र संघ संस्थाका अतिरीक्त कतिपय युवाहरुको समुह पनि राहत संकलन कार्यमा सक्रिय देखिएका छन् । ५÷७ जना युवाहरु एक ठाउँमा जम्मा हुने, एउटा सानो व्यानर राखेर घर, घर पुगि राहत संकलन कार्य गर्दै गरेको दृश्य अचेल सदरमुकाम राजविराज सहित जिल्लाका अन्य स्थानहरुमा समेत सहजै देख्न सकिन्छन् । यसरी जथाभावि राहत उठाउने कार्य रोक्न स्थानिय प्रशासनलाई कठाईका साथ लाग्नु पर्ने स्थानिय बुद्धिजिविहरुको भनाई रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्