सलमान खानले भनेः मैले नेपाललाई कुनै सहयोग दिएको छैन
Advertise Here Book Now

बलिउड अभिनेता सलमान खानले आफूले नेपालका भूकम्प पीडितलाई कुनै सहयोग
नगरेको स्पष्ट पारेका छन् । यस अघि विभिन्न सञ्चार माध्यममा सलमान खानले
३ वटा निजी हेलिकोप्टरसहित १० करोड सहयोग गरेको भन्ने झुटो समाचार
प्रकाशित भएका थिए ।



सलमान खानले आफ्नो संस्था 'विइङ ह्युमन' भारतमा मात्र सक्रिय रहेको र
आफूले कूनै प्रकारको सहयोग अहिले सम्म नगरेको आफ्नो फेसबुकमार्फत जानकारी
दिएका छन् ।

उनले फेसबुकमा आफूले नेपाली भूकम्पपीडितलाई सहयोग गरेको भन्ने हल्ला
फैलिएपछि यस्तो स्पष्टिकरण दिएका छन् । बलिउडका विभिन्न हस्तीहरुले
नेपालका लागि सहयोग जुटाउन पहल गरिरहेका छन् ।

--
Manager :
www.onlinesiraha.com
www.facebook.com/onlinesiraha

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्