के सिके राउत राष्ट्रिय संकट हो ?
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम जेठ १५/ पछिल्लो एक वर्षको गिरफ्तारीसम्बन्धी रेकर्ड हेरियो भने एउटा अनौठो तथ्य देखिन सक्छ । त्यो तथ्य हो, कुनै एक व्यक्ति सरकारबाट पटक पटक गरिएको गिरफ्तारीका कारण एक व्यक्ति गिरफ्तार हुने मामिलामा रेकर्डधारी बन्दैछन् । महिनामा दुई तीन पटकभन्दा बेसी मात्रामा गिरफ्तारीका कारण यसरी रेकर्ड राख्न लागेका व्यक्ति हुन् डा. सिके राउत ।
डा. सिके राउतलाई रेकर्ड बनाउन सघाउने राज्यले उनलाई जेठ १२ गते मंगलबार इटहरीबाट प्रहरी लगाएर पक्राउ गरेको थियो । उनलाई कुन नयाँ अभियोग लगाएर पक्राउ गरिएको थियो, सरकारले बोलेको छैन । उनलाई के कस्ता अपराधबाट माफीका कारण बुधबार नै रिहा गरिएको थियो, प्रशासनले मुख खोलेको छैन ।
यसको अर्थ पक्राउ र रिहाइको अन्त्यहीन नौटंकी जारी छ । फेरि पनि यस्तो नौटंकी देख्न पाइने छ राज्यका अनेक संयन्त्रले मूर्ख निर्देशकको भूमिका खेलिरहेमा । यही नौटंकीको क्रममा लेखक पत्रकार केदार शर्माले ट्विटरमा लेखेझैं सिके राउतको टिआरपी बढाउन सरकार दृढतापूर्वक लागिपरेको देखिन्छ । के सरकारको यतिखेरको प्रमुख कार्यभार सिके राउतको टिआरपी बढाउनु नै हो ?
राउत पक्राउ परेको समाचार लेखिएका खबरहरुमा सरकार वा गृहमन्त्री वा स्थानीय प्रशासन वा प्रहरी कसैलाई रद्धृत गरिएको छैन । केही खबरमा यसरी लेखिएको पाइन्छ: राज्यविरुद्ध अभिव्यक्ति दिँदै हिँडेका र मधेशलाई नेपालबाट अलग्याउने सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेका राउतलाई इटहरीकै स्थानीय ऐरिना टेलिभिजनमा अन्तर्वार्ता दिन आउने क्रममा प्रहरीले पक्राउ गरेको छ ।
खबर हेर्दा प्रश्न उठेको छ, के सरकारले उनलाई फेरि पनि राजद्रोह र देशद्रोहकै आरोपमा पक्रेको हो ? त्यस आरोपलाई व्यवहारमा अनुवाद गर्ने क्रममा उनले के कस्ता अपराध गरेका थिए, कुनै जानकारी दिइएको छैन । भूकम्पका कारण घोषणा गरिएको संकटकालको मौकामा राज्यलाई जे गर्न पनि छूट छ भन्ने सोचाइलाई व्यवहारमा अनुवाद गरिएको त होइन ?
सिके राउतको गिरफ्तारीमा नयाँ अनौठो दृश्य पनि देखिएको रहेछ । राउतलाई गिरफ्तार गर्ने राज्य र गिरफ्तारीलाई समर्थन गर्ने सर्वसाधारणको मानसिकता र व्यवहारबीचको अचम्मको मिलन इटहरीमा धेरैले देख्न पाए । राज्य जनताबाट टाढा रहेको आरोप लागिरहेको बेला इटहरीमा भने राज्यलाई सर्वसाधारणले साथ दिइरहेको छ, त्यस्ता ‘वाहियात’ आरोपलाई झुटो साबित गर्दै । ती सर्वसाधारणहरु त राज्यसँग मात्र सीमित रहेको दण्डित गर्न वा हिंसा प्रयोग गर्ने अधिकार आफैले प्रयोग गर्न पाउनुपर्छ भन्ने माग पनि गरिरहेका थिए ।
एक खबरअनुसार राउतलाई पक्रिएपछि इटहरी र त्यस सहर वरपरका हजारौं स्थानीय जनता इटहरी प्रहरी कार्यालयअगाडि भेला भएका थिए । उनीहरुले राउतलाई कडा कारबाही गर्नपर्ने माग गर्ने क्रममा नाराबाजी गरेका थिए, ‘सिके राउत मुर्दाबाद । राज्यविरुद्ध अभिव्यक्ति दिनेलाई कडा कारबाही गर !’ उनीहरुका नाराबाजीले प्रश्न उठाएको छ, के अब नेपाली राज्य पनि प्रश्न र आलोचनाभन्दा माथिको संरचना भइसकेकाे हो, पहिलेको शाही राजतन्त्रजस्तै ।
हुन त इटहरी प्रहरी कार्यालयमा त्यत्तिकै सर्वसाधारण जम्मा भएका थिएनन् । उनीहरुलाई फेसबुकलगायत सामाजिक सञ्जाल र अरु माध्यमबाट भव्य रुपमा आह्वान गर्दै जनपरिचालन गरिएको थियो । चाहे जसरी भेला गरिएको किन नहोस्, राज्य र जनता एकाकार भएपछि‘राज्यद्रोही र देशद्रोही’हरुलाई कारबाही गर्न कठिन नहोला । तर इटहरीमा प्रकट भएको राज्य र राज्यको समर्थनमा जुटेको भीडले के के गर्दा राज्य अपराध हुन्छ, के के नगर्दा राज्यवादी र राष्ट्रवादी होइन्छ, अब खुलाउनु जरुरी ठानेको देखिएन ।
पछिल्लो खबरअनुसार इटहरी र त्यस सहर वरपरका स्थानीय जनता इटहरीका प्रहरी प्रमुख डिएसपी विनोदकुमार शर्मासँग पनि आक्रोशित छन्ऽ जसले राउतलाई समात्ने र छाड्ने नौटंकी देखाउदै आएका थिए । यस पटक पनि राउतलाई प्रहरी आफैले ‘कारबाही’ नगरेको र आफूहरुलाई पनि सडकमै कारबाही गर्न सुपुर्दगी नगरेको, उल्टै राउतलाई बुधबार राजविराजस्थित उनकै घरमा पुर्यासउने काम भएको भन्दै उनीहरु रिसाएको समाचार छ । के देशमा कुनै व्यक्तिले मनपरी बोल्नासाथ अब सडकमै सफाया गर्ने तालीबानी काइदा सुरु हुन लागेको हो ? के अब बोलेकै आधारमा कसैको मुखमा मात्रै तालाबन्दी गर्ने होइन, उसको शरीरलाई नै लाश बनाउने अन्ध राष्ट्रवादी उद्योग देशमा खुलेको हो ?
यस्ता धेरै प्रश्न छन् डा. सिके राउतको पक्राउ र रिहाइसँग जोडिएका मुद्दामा । फेसबुकमा बर्सिएका गालीगौज र तर्कहीन आरोपले हामी कसरी लोकतान्त्रिक भयौं र भन्ने प्रश्न समेत उठाएका छन् । हामी सचेत जनता भनाउँदा नै कसैको विचार थुन्न र उसलाई शारीरिक रुपमै सखाप पार्न आह्वान गर्न पछि पर्दैनौ भने राज्य कसरी लोकतान्त्रिक हुन्छ ? ऊ त पटक पटक हजारौं मानिसको रगत पिएर मानव रगतको स्वादे भइसकेको हिंस्रक जन्तु हो । उसले त हिंसा प्रयोग गर्ने वैधानिकता र वैधता समेत पाएको छ । उसले अनेक साम्प्रदायिक धार्मिक दंगा मच्चाउन लगाएर हुन्छ कि क्षेत्रीय विखण्डनकारी विद्वेष फैलाएर हुन्छ कि देशभक्तिका नाममा अन्ध राष्ट्रवादी उभार ल्याएर हुन्छ, रगतको खोलो बगाउन लगाउने र त्यसको रसास्वादन गर्दै आफ्नो दीर्घायु सुनिश्चित गर्ने काम त गर्छ नै । हामी नागरिकहरुले त्यस्ता मौका दिने कि नदिने, कसैले दिएको स्थितिमा खबरदारी गर्ने कि नगर्ने ?
म कसैको अन्ध समर्थक हैन, नत आफ्ना सबै इन्द्रिय बन्द गरेर कसैको विरोधी नै बन्न रुचाउँछु । म सिके राउतका विचार र मागसँग पूरै असहमत छु । तर मेरो मनमा सधैं उठ्ने प्रश्न के हो भने किन जन्मिन्छन् सिके राउतहरु ? किन सिके राउतहरुजस्ताका विचार फैलिन्छन् ? कुनै कुनै सिके राउतहरुका विचारले राज्यलाई नै हल्लाउँछन् ?
म सिके राउतहरु जन्मिने सामाजिक जमिन, उनीहरुका विचार फैलिने राजनीतिक वातावरण र राज्यलाई हल्लाउने शक्तिबारे जान्न बुझ्न खोज्दैछु । यहाँहरुसँग यस्ता जिज्ञासाका समुचित उत्तर भए पाउँ । यसै क्रममा खोज्दै जाँदा मेरा मित्र प्रशान्त झाले लेखेको एक टुक्रा विचार देखें फेसबुकमा । लेखक र पत्रकार झाको विचारले पनि केही प्रश्न उठाएको छ । मलाई लाग्छ, अब सिके राउतका राजनीतिक विचार र मागलाई समर्थन नगर्ने प्रशान्त झाका प्रश्न जायज छन् । तिनको उत्तर राज्य र राज्यवादीहरुले दिनु जरुरी छ उनीहरु सर्वसाधारण जनताप्रति जवाफदेही छन् भने ।
झाले फेसबुकमा लेखेका छन् :
‘के नेपाल सरकारले अरु कुनै काम छैन ? उसले फेरि पनि सिके राउतलाई राज्यद्रोह र देशद्रोहको आरोपमा समातेको छ । जबकि केही हप्ताअघि मात्रै अदालतले उनीमाथि राज्यले लगाएका यी आरोपलाई खारेज गरिदिएको थियो । सरकारले लगाएको आरोप गलतसाबित भइसकेको तथ्य देखिँदादेखिँदै फेरि पनि उनलाई अदालतसम्म जबर्जस्ती घिसार्ने प्रयास हुनसक्छ । त्यसो गरिरहँदा सरकारले आफ्नो प्राथमिकता खुट्याउन नसकेको देखिँदैन र ?’
पत्रकार तथा लेखक झाले थप लेखेका छन्, ‘उनलाई पक्राउ गर्ने निर्णय त्यही गृह मन्त्रालयले गरेको छ, जसले उद्धार र पुनर्निर्माणको अभियानको अगुवाइ गर्नुपर्छ, जसलाई सबै स्थानीय निकायहरुले रिपोर्ट गर्नुपर्छ । हुन त म राउतका राजनीतिक नारा र मागसँग पटक्कै सहमत छैन, तर यस्तो विनाशकालकै बीचमा राउतमाथि, तराईमाथि ध्यान केन्द्रित गर्नु जरुरी थिएन, बरु के महत्वपूर्ण र ठीक थियो, त्यसमा केन्द्रित गर्नु आवश्यक छ ।’
प्रशान्त झाको विचार पढेपछि मनमा प्रश्न उठेको छ, सिके राउतले लेखेका भनिएका दुईचार वाक्य राज्य र राज्य चलाउने तथा त्यसलाई भरथेग गर्ने सर्वसाधारणका लागि खोज, उद्धार, राहत र पुनर्निर्माणभन्दा महत्वपूर्ण लागेको हो कि के हो ? उनका एकाध शब्द नै तराईमा राज्यद्रोही र देशद्रोही मधेशीहरु जन्माउने जंगलको आगोजस्तो अनुभूत भएको हो कि के हो ? उनले दुई वाक्य अन्टशन्ट बोल्दैमा वा पहाडे शासक र अन्यलाई गाली गर्दैमा देशको अभिन्न भूभाग मधेश नेपालबाट टुक्रिने नै भयो कि या देशको विखण्डन सुनिश्चित नै भयो कि कसो ?
त्यसो हैन भने राष्ट्रिय संकट भनिएको बेला काम कुरो एकातिर थन्क्याई कुम्लो बोकी तराईतिर गएर सरकारले सिके राउतजस्ता व्यक्तिलाई समात्दै हिँड्नु के जरुरी पर्यो होला ? सरकार चलाउने कांग्रेस र एमालेका मानार्थ डाक्टरदेखि किसान नेताबाट यस्तो बुझ्नै कठिन भएको विषयमा केही दिव्यज्ञान प्राप्त होला कि ? के सिके राउत नेपालका अहिले भूकम्प, बाढी, पहिरोभन्दा पनि राष्ट्रिय खतरा भएको हो भने सरकारले त्यस्त खतराबारे जनतालाई सचेत गराउँदै सिके राउतले ल्याएको राष्ट्रिय संकटविरुद्ध युद्धघोष किन नगरिएको होला, प्रतिपक्षबाट सत्तापक्ष हुन लागेका एमाओवादी र उसको अगुवाइमा रहेका अनेक दलका सर्वज्ञानीहरुबाट ‘थाहा’ पाइएला कि ?