जानकी मन्दिरवरिपरिका अग्ला घर भत्काइने
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम /जेठ २-जानकी मन्दिरवरिपरिका अग्ला घर भत्काइने

 जानकीमन्दिरलाई छोप्ने गरी चारैतिर निर्माण गरिएका अग्ला भवन यथासीघ्र भत्काउन जनकपुर उपमहानगरपालिका कार्यालयले घरधनीको नाममा पत्राचार गरेको छ।

जानकीमन्दिरको संरक्षण तथा सौन्दर्यीकरणका लागिमन्दिर वरपर चार किल्ला क्षेत्रमा पर्ने ३१ फिटभन्दा अग्लो भौतिक संरचना भत्काउन कार्यालयले घरधनीलाई निर्देशन दिएको हो।

३१ फिटभन्दा अग्लो भवन बनाएकाहरूको घर भत्काउन तत्कालिन जनकपुर नगरापालिकाको २०७० पुस २७ गते बसेको २० औं नगर परिषद्ले गरेको निर्णय तथा सोको कार्यान्वयनको लागि हालको उपमहानगरपालिकाले कानुनी प्रक्रिया अवलम्बन गरी अग्ला घर भत्काउने निर्णय भएकोले कार्यान्वयनको लागि घर धनीहरूलाई पत्राचार गरिएको उपमहानगरापालिका कार्यालयका प्रमुख पुण्यप्रसाद लुइँटेलले जानकारी गराए।

कार्यालयद्वारा जानकी मन्दिर छोप्ने गरी घर बनाएका ११ जनाको नाममा पत्राचार गरिएको हो। मन्दिरको सौन्दर्य बिगार्ने गरी घर बनाएका उपमहानगरपालिका १० का जगदीश साह, मोहन साह, रामानन्दन साह, श्याम साह, शिवशंकर साह, वडा नम्बर ३ मा रहेको हंसराज होटल, वडा नम्बर ५ मा रहेको कुशरीदेवी, बलराम ज्वेलर्सका अमरनाथगुप्ता र वडा नम्बर ४ का परमेश्वर साह गुप्ताको नाममा घर यथासीघ्र भत्काउन पत्राचार गरिएको हो।

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन अभियान संचालन भइरहेको बेलामन्दिरको चारैतिर अग्लाभवन बनाई मन्दिर छोपिएको छ। विगतमा टाढाबाट देखिने मन्दिर बढ्दो सहरीकरण तथा अग्ला भवनका कारण सहर बाहिरबाट देखिन छाडिएको हो।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्