रात्री बस दुर्घटना, २९ जना घाईते
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम जेठ १३/पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको कर्तनिया बजार नजिक रात्री बस पल्टिँदा २९ जना घाईते भएका छन् । धनगढीबाट काठमाडौंका लागि छुटेको ना ४ ख ५६५९ नम्बरको रात्री बस कर्तनिया बजार नजिक साईकल यात्रीलाई बचाउन खोज्दा मंगलबार बेलुकी साढे ७ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाईते सबैलाई स्थानियबासिन्दा र प्रहरीले उद्धार गरी उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको स्थानिय जीवन पन्थीले जानकारी दिनुभयो । घाईतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । श्रोत उज्यालो अनलाइन

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्